सर्लाहीमा निर्वाचन तयारी तीव्र मतपत्र बाहेक सबै सामग्री जिल्ला आइपुग्यो
४ फाल्गुन, २०८२, सोमवार
- जिल्लाभर चार निर्वाचन क्षेत्रमा ३१२ मतदानस्थलअन्तर्गत ६२८ मतदान केन्द्र तोकिएका छन् । यसपटक ३ हजार ७६८ कर्मचारी खटाइनेछन् ।
सर्लाही: फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा तयारी तीव्र पारिएको छ ।
जिल्ला निर्वाचन कार्यालय मलङ्गवामा मतपत्रबाहेकका सम्पूर्ण निर्वाचन सामग्री आइपुगेको जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले जानकारी दिए ।
आयोगबाट प्राप्त हुने र जिटूजी प्रक्रियामार्फत खरिद गरिएका सबै सामग्री सुरक्षाकर्मीको उपस्थितिमा प्याकिङ भइरहेको छ । प्याकिङ सकिएपछि ती सामग्री मतदानअघि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइनेछ । चारवटै निर्वाचन क्षेत्रका मतपत्र भने फागुन १० गतेपछि मात्र आउने जनाइएको छ ।
जिल्लाभर चार निर्वाचन क्षेत्रमा ३१२ मतदानस्थलअन्तर्गत ६२८ मतदान केन्द्र तोकिएका छन् । यसपटक ३ हजार ७६८ कर्मचारी खटाइनेछन् ।
प्रत्येक केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र तीन सहायक कर्मचारी रहनेछन् भने आवश्यकताअनुसार दुई स्थानीय सहयोगीसमेत खटाउन सकिने मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले बताए ।
कर्मचारीलाई केन्द्र तोक्ने र तालिम दिने काम अघि बढेको छ । निर्वाचन सुरक्षाका लागि पनि तयारी सुदृढ गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार काठमाडौंसहित विभिन्न गणबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप जनशक्ति परिचालन भइरहेको छ ।
सरकारी संयन्त्र तयारीमा जुटेसँगै जिल्लामा चुनावी चहलपहल बढ्दै गएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।