राजनीतिक अस्थिरता र हस्तक्षेपका कारण विकास परियोजना अवरुद्ध भए- ओली

४ फाल्गुन, २०८२, सोमवार
सारांश
  • सोमबार झापा-५ स्थित मतदाताहरुसँग अन्तरक्रिया गर्दै ओलीले महत्त्वपूर्ण योजनाहरू कार्यान्वयनको चरणमा पुग्दा योजनाबद्ध रूपमा सरकार ढाल्ने प्रयास हुने गरेको आरोप लगाउदै देशभक्ति र पूर्वाधार विकासका एजेन्डामा आन्तरिक तथा बाह्य शक्तिहरूको प्रभाव देखिने गरेको बताएका थिए ।

झापा: नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा अघि सारिएका विकास परियोजनाहरू राजनीतिक अस्थिरता र हस्तक्षेपका कारण अवरुद्ध भएको बताएका छन् ।

 

सोमबार झापा-५ स्थित मतदाताहरुसँग अन्तरक्रिया गर्दै ओलीले महत्त्वपूर्ण योजनाहरू कार्यान्वयनको चरणमा पुग्दा योजनाबद्ध रूपमा सरकार ढाल्ने प्रयास हुने गरेको आरोप लगाउदै देशभक्ति र पूर्वाधार विकासका एजेन्डामा आन्तरिक तथा बाह्य शक्तिहरूको प्रभाव देखिने गरेको बताएका थिए ।

 

ओलीले बारम्बारको सरकार परिवर्तनले ठूला पूर्वाधार आयोजनाहरू निरन्तरता पाउन नसकी अलपत्र पर्ने अवस्था सिर्जना भएको उल्लेख गरे । उनले रेलमार्ग र पानीजहाज सञ्चालनको अवधारणा आफूले अघि सारेको स्मरण गराउँदै उनले काम अघि बढ्न थालेपछि सरकार नै परिवर्तन हुने प्रवृत्ति दोहोरिएको टिप्पणी गरे ।

 

उनले भने- 'एउटा कार्यकालमा सम्पन्न गर्न सकिने कामका लागि चार पटक प्रधानमन्त्री बन्नुपर्ने परिस्थिति बनाइयो ।कामले गति लिन थालेपछि षड्यन्त्रपूर्वक सरकार हटाइन्छ ।'  औद्योगिक क्षेत्र स्थापना र दमक रंगशाला निर्माण जस्ता परियोजनामा पनि अनावश्यक अवरोध सिर्जना गरिएको गुनासो गर्दै ओलीले आवश्यक तयारी र जग्गा व्यवस्थापन भइसकेपछि पनि कार्यान्वयनमा ढिलाई गरिएको बताए ।

 

उनले अवरोधका बाबजुद विकासको एजेन्डाबाट पछि नहट्ने र रोकिएका परियोजनालाई पुनः गति दिने प्रतिबद्धता उनले व्यक्त गरे ।

 

यस निर्वाचनमा झापा-५ मा ओलीको प्रतिष्पर्धा रास्वपा वरिष्ठ नेता बालेन शाहसँग रहेको छ ।

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार