जसपा केन्द्रीय सदस्यसहित समानुपातिक उम्मेदवार कांग्रेसमा प्रवेश
२०८२ फाल्गुण ०३ आइतवार
- जनता समाजवादी पार्टी (जसपा) का समानुपातिक उम्मेदवारसमेत रहेका केन्द्रीय सदस्यसहित नेताहरू नेपाली कांग्रेमा प्रवेश गरेका छन् ।
काठमाण्डौ, ०३ फाल्गुण । जनता समाजवादी पार्टी (जसपा) का समानुपातिक उम्मेदवारसमेत रहेका केन्द्रीय सदस्यसहित नेताहरू नेपाली कांग्रेमा प्रवेश गरेका छन् ।
जसपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार नानु थामी, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेद्वार सुस्मिता थापामगरसहित नेताहरू आइतबार कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेस पार्टी कार्यालय बीपीनगर सानेपामा आइतबार उपसभापति विश्वप्रकाश शर्माले नवप्रवेशी नेताहरूलाई स्वागत गरे । थामी र थापा मगरसहित कांग्रेसमा प्रवेश गर्नेहरुमा जसपा बागमती प्रदेश सदस्य सुवास तामाङ, गण्डकी प्रदेश समिति सदस्य फुलमाया पुन, नवलपरासी जिल्ला सचिव कुलबहादुर थापा मगर, जिल्ला कोषाध्यक्ष नानीमाया महतो, जिल्ला सदस्यहरू ज्ञानेन्द्र पुन, टिकाराम माझीसहित नवलपरासीका ४२ जना जिल्ला स्तरिय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका नव प्रवेशी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेद्वार सुस्मिता थापामगरले बताइन् ।
दोलखा–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष गणेश थामी, तामसालिङ राष्ट्रिय समितिका केन्द्रीय सदस्य उपेन्द्र कार्की, दोलखा जिल्ला कार्यसमिति सदस्य केशव थामी, शम्भु थामी, संघीय समाजवादी महिला महासंघकी शुशीला थामीसहित दर्जनौँ नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको कांग्रेसले जनाएको छ ।
बदलिएको कांग्रेसबाट मात्रै मुलुकको समस्या समाधान हुने विश्वासका साथ नेताहरू कांग्रेसमा समाहित भएको नवप्रवेशी नानु थामीले बताइन् ।
जनताको मागअनुसार देशको अवस्था बदल्ने अभियानमा संगसँगै हिँड्नका लागि कांग्रेस पार्टीनै सबैभन्दा बलियो र विश्वासिलो भएकाले कांग्रेस रोजेको उनको भनाइ छ । नव प्रवेशी नेताहरूलाई कांग्रेसले उचित जिम्मेवारीसहित स्वागत गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताए । शनिबार मात्रै सर्लाहीमा जसपाका महासचिव र लोसपाका उपाध्यक्षसहित ठूलो टोली कांग्रेसमा प्रवेश गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’