राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ : महामन्त्री पौडेल
२०८२ फाल्गुण ०२ शनिवार
- अहिले राजनीतिमा नयाँ नेतृत्व बनाउँदै गर्दा नराम्रो नयाँ बन्ने जोखिम बढ्ने आशंका पनि बढिरहेको बताए ।
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेले नेपाली राजनीतिमा अहिले परिपक्कताभन्दा पनि आवेग देखिएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसका उमेदवार पौडेल र वृद्धिजीवी तथा पेशागत समूहबीचको अन्तरक्रियामा बोल्दै उनले अहिले राजनीतिमा नयाँ नेतृत्व बनाउँदै गर्दा नराम्रो नयाँ बन्ने जोखिम बढ्ने आशंका पनि बढिरहेको बताए ।
उनले भने,‘हाम्रो राजनीतिमा अहिले एउटा आवेग जस्तो देएिको छ । परिपक्वताभन्दा पनि नयाँपन खोजिएको जस्तो देखिएको छ । हाम्रो मौलिक अवस्थाको संवेदनशिलतासँग आवेग कत्तिको जोडिएको छ । नयाँ बनाउनुपर्ने छ त्यो हामीले चाहेको कुरा हो तर नयाँ बनाउँदै गर्दा नराम्रो नयाँ बन्ने खतरा एवम जोखिम बढ्ने त होइन भन्ने आशंका पनि बढिरहेको अवस्थामा निर्वाचनमा गइरहेको छौं ।’
त्यस्तै उनले व्यक्तिगत विषयलाई बढी आधार बनाएर निर्वाचनको अभ्यासहरु भइरहेको धारणा राखे । राज्यको प्राथमिकता कसरी निर्धारण गरेको छ ? नागरिकको स्वार्थको विषय कसले एजेण्डामा समेटेको छ ?भन्ने विषयको आधारमा निर्वाचनमा उम्मेदवार छनोट र मतदान गर्नुपर्ने उनको भनाई छ ।
उनले भने,‘ व्यक्तित्व कस्तो छ, त्यसले कति मान्छे चिनेको छ ? निर्वाचन क्षेत्रमा उ कति परिचित छ भन्ने व्यक्तिगत विषयलाई बढि आधार बनाएको अथवा त्यसले बढि प्रभाव पार्ने निर्णायक बनेको देखिन्छ । यस्ता निर्वाचनमा विचार कस्तो ल्याइएको छ । कुन विषयलाई कसरी परिभाषित गरेको छ, कसले राज्यको प्राथमिकता कसरी निर्धारण गरेको छ, नागरिकको स्वार्थको विषय कसले एजेण्डामा समेटेको छ भन्ने आधारमा निर्वाचनमा उम्मेदवार छनोट र मतदान गर्नुपर्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।