प्रधानमन्त्री कार्कीको बंगलादेशमा निर्वाचन सम्पन्न भएकोमा बधाई, सहकार्य गर्ने प्रतिबद्धता
१ फाल्गुन, २०८२, शुक्रवार
- सन्देशमा प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउँदै निर्वाचन सम्पन्न गर्नु बंगलादेशका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेकी छन् ।
काठमाडौँ: प्रधानमन्त्री सुशिला कार्कीले बंगलादेशमा सम्पन्न १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा त्यहाँको सरकार र जनतालाई हार्दिक बधाई सन्देश व्यक्त गरेकी छन् ।
सन्देशमा प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउँदै निर्वाचन सम्पन्न गर्नु बंगलादेशका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेकी छन् । साथै उनले तारिक रहमान र बंगलादेश राष्ट्रिय पार्टीलाई उल्लेखनीय जित दिलाएकोमा विशेष बधाई दिएकी छन् ।
प्रधानमन्त्री कार्कीले रहमानको नेतृत्वमा पार्टीले प्राप्त गरेको विजयलाई ऐतिहासिक उपलब्धि भन्दै आगामी दिनमा नयाँ सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएकी छन् ।
उनले छिमेकी सम्बन्धलाई अझ सुदृढ बनाउने, पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा व्यक्त गरेकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।