लोकप्रियतावादलाई प्रस्तुत गरेर लोकतन्त्र र समाजवादलाई प्रहार गर्ने कोसिस हुदैछ- प्रचण्ड
२०८२ माघ २६ सोमवार
- प्रचण्डले देशलाई कुनै योगदान नगरेकाहरू सोसल मिडियामा स्टन्ट गरेर राजनीतिमा लोकप्रियतावादको आडमा जित्न खोजेको बताए ।
काठमाडौँ: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ संसदले नै जेनजीका माग सम्बोधन गर्न सक्ने बताएका छन् ।
प्रचण्डले काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ मा पार्टी प्रवेश कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै भूराजनीतिक चहलखेल र हस्तक्षेपको कोशिस भइरहेको बताउदै चुनावले नै समस्याको समाधान गर्ने बताए ।
उनले सामाजिक सञ्जालमा स्टन्ट गरेकै भरमा लोकप्रियतावादलाई प्रस्तुत गरेर लोकतन्त्र र समाजवादलाई प्रहार गर्ने कोसिस भएको आरोप लगाए । उनले भने- ' अहिले सोसल मिडियामा स्टन्ट गरेका भरमा लोकप्रियतावादलाई प्रस्तुत गरेर लोकतन्त्र र समाजवादलाई प्रहार गर्ने कोसिस भएको छ ।
विश्व साम्राज्यवादले विभिन्न देशमा पपुलिज्मलाई समाजवाद र लोकतन्त्रविरुद्ध प्रहार गराउन लगानी गर्छ । नेपालमा पनि अहिले भूराजनीतिक चलखेलबाट हस्तक्षेप गर्ने कोसिस भइरहेको छ । त्यसको प्रतिवाद गर्न हामीले नेपाली कम्युनिष्ट पार्टी बनाएर आएका छौं ।'
प्रचण्डले देशलाई कुनै योगदान नगरेकाहरू सोसल मिडियामा स्टन्ट गरेर राजनीतिमा लोकप्रियतावादको आडमा जित्न खोजेको बताए ।
प्रचण्डले समानुपातिकबाट पार्टीको हैसियत देखिने भन्दै सबैलाई समानुपातिकमा मत दिन आग्रह गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’