नेपाली समाजले ‘आशा’ भन्ने शब्द गुमायो, यसको सम्बोधन हुनुपर्छ : डा.सुरेन्द्र भण्डारी
२०८२ माघ २३ शुक्रवार
- राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुरेन्द्र भण्डारीले नेपाली समाजले आशा गुमाएको बताएका छन् ।
काठमाण्डौ, २३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुरेन्द्र भण्डारीले नेपाली समाजले आशा गुमाएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित संसदीय निर्वाचन २०२६, नीतिगत बहसः शिक्षा, रोजगारी र शासन’ विषयक कार्यक्रममा उनले नेपाली समाजले ‘आशा’ भन्ने शब्द गुमाएको भन्दै यसलाई सम्बोधन गर्नु प्रमुख चुनौती रहेको बताए ।
उनले भने, ‘अहिलेको चुनौती भनेको सरकारी असफलतालाई सम्बोधन गर्ने हो । यसलाई सम्बोधन गरेर समाधान गर्न सक्यौ भने आशा रहन्छ । नेपाली समाजमा त्यो आशा भन्ने शब्द चाहिएको छ भन्ने लाग्छ । समाजले आशा गुमाएको छ । त्यो कहाँबाट सिर्जना हुन्छ, खोजी गर्नुपर्यो ।’
यस्तै, उनले ३५ वर्षको अवधीमा संसदमा शिक्षा, स्वास्थ्य, रोजगारी र अवसरको लगानीका विषयमा कति मिनेट पनि छलफल नभएको बताए ।
सोही क्रममा नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं–४ का उम्मेदवार सचिन तिमल्सिनाले आफ्नो पार्टीले बनाएको विधान वैशाखबाट लागु हुने भन्दै त्यस विधान अन्तर्गत राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक, सांसद् चार पटक मात्र हुन पाउने कुरा लेखिएको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।