राष्ट्रिय शक्तिको जिम्मेवारी काँग्रेसले निभाउँछ- गगन थापा
२०८२ माघ २३ शुक्रवार
- नेपाली काँग्रेसका सभापति गगन थापाले काँग्रेस राष्ट्रिय शक्ति भएको बताएका छन् ।
पोखरा, २३ माघ । नेपाली काँग्रेसका सभापति गगन थापाले काँग्रेस राष्ट्रिय शक्ति भएको बताएका छन् ।
पोखरामा काँग्रेसका कार्यकर्तालाई सम्बोधन गर्दै सभापति थापाले काँग्रेसको इतिहासले राष्ट्रिय शक्तिको जिम्मेवारी रहेको बताउदै देशमा संकटमा परेको अवस्था यसको नेतृत्व गरेर सम्हाल्ने काम भएको बताएका हुन् । उनले राष्ट्रिय दल निर्वाचनले तय गर्ने भएपनि राष्ट्रिय शक्ति इतिहासले तय गर्ने बताए । आज काँग्रेसले राष्ट्रिय शक्तिको जिम्मेवारी निभाउने जिम्मेवारी रहेको बताए ।
उनले भने- 'राज्यका संस्थाहरुप्रति चरम अविश्वास रहेको छ । यो अविश्वास झाँगिदै गएर सिंगो देशमा अविश्वास बढेको छ । अब यसलाई सम्हाल्ने जिम्मेवारी हाम्रो हो ।'
भदौ २४ गते देश बलेको र अर्को बर्षको भदौ २४ गते देश बल्दैन भन्ने जिम्मा काँग्रेसले लिने बताए । उनले काँग्रेसले प्रतिशोधको राजनीति नगर्ने भन्दै काँग्रेसको चरित्र मिलाउने र सम्हाल्ने भएको उल्लेख गरे । अहिले देश सम्हाल्ने शक्ति चाहिएको भन्दै, आगो जसले पनि लगाउन सक्ने भन्दै आगो निभाउन धैर्यता चाहिने बताए ।
सभापति थापाले अहिले नागरिकले देशलाई सम्हाल्ने र सुधारको काम गर्ने दल र नेतृत्व खोजेको भन्दै काँग्रेसले सम्हाल्ने र सुधार्ने दुवै काम गर्न सक्ने र गर्ने धारणा राखे ।
उनले व्यक्तिले 'जादुको छडी' गर्छ भन्ने कुरामा आफुले विश्वास नगर्ने भन्दै काँग्रेसले संस्थाहरु बलियो बनाउने, प्रणाली बलियो बनाउने र सरकारले दिने डेलिभेरी राम्रो बनाउने कुरा मतदातालाई घर घरमा गएर भन्नु पर्ने बताए ।
सभापति थापाले निर्वाचन सकिएपछि देशभरका कार्यकर्तासँग छलफल गरेर पार्टीको नियमित अधिवेशन गर्ने बताउदै कसैलाई काखा र पाखा नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।