निर्वाचन एकै चरणमा हुन्छ- प्रधानमन्त्री कार्की

२०८२ माघ २२ विहीवार
सारांश
  • यसअघि उनले नै हिमाली जिल्लाको निर्वाचन फागुन २१ हुन कठिनाइ भए पछि गर्न सकिने अभिव्यक्ति दिएकी थिइन् ।

भक्तपुर: प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन एकै दिन र तोकिएकै मितिमा हुने स्पष्ट गरेकी छन् ।

 

विहिबार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन एकै दिन सम्पन्न हुने बताएकी हुन् । 

 

यसअघि उनले नै हिमाली जिल्लाको निर्वाचन फागुन २१ हुन कठिनाइ भए पछि गर्न सकिने अभिव्यक्ति दिएकी थिइन् ।

 

प्रधानमन्त्री कार्कीले भनिन्- 'मतपत्र हेरेपछि लाग्यो अब निर्वाचन आयो । अब जनताले छाप लगाउन मात्रै बाँकी छ । निश्चिन्त मान्नुस्, चुनाव एकै दिन हुन्छ, दुई चोटि कहीँ हुनेवाला छैन ।' 

 

जनक शिक्षा सामग्री केन्द्रमा अहिले प्रत्यक्षतर्फको मतपत्र छपाईको काम भइरहेको छ । केन्द्रले प्रधानमन्त्री कार्कीलाई अहिलेसम्म ७२ लाख ६० हजार मतपत्र छपाई सकिएको जानकारी दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार