जेलेन्स्की जन्माउन खोजिदैछ: महेश बस्नेत

२०८२ माघ २१ बुधवार
सारांश
  • नेकपा एमालेका काठमाडौं उपत्यकाका १५ जना उम्मेदवारहरूसँगको संवाद कार्यक्रममा बोल्दै नेता बस्नेतले अन्तराष्ट्रिय शक्तिहरुको खेल मैदान बनाउन लागिएको बताउदै नयाँ जेलेन्स्की बनाउन खोजिएको आरोप लगाएका छन् ।

काठमाडौँ : नेकपा एमालेका सचिव महेश बस्नेतले नेपालमा नयाँ जेलेन्स्की जन्माउन खोजिएको आरोप लगाएका छन् ।

 

नेकपा एमालेका काठमाडौं उपत्यकाका १५ जना उम्मेदवारहरूसँगको संवाद कार्यक्रममा बोल्दै नेता बस्नेतले अन्तराष्ट्रिय शक्तिहरुको खेल मैदान बनाउन लागिएको बताउदै नयाँ जेलेन्स्की बनाउन खोजिएको आरोप लगाएका छन् ।

 

नेता बस्नेतले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा दलहरुको साझा धारणा बनाउन केहि दलका नेताहरुसँग छलफल गरेको तर त्यो गठबन्धन गर्न भएको छलफल नभएको स्पष्ट गरेका छन् ।

 

नेता बस्नेतले सरकारले दुई चरणमा निर्वाचन गर्ने कुरा गरेर चुनावमा धाँधली गर्न खोजेको आरोप लगाएका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिले पनि त्यो कुराको पुष्टि भएको भन्दै नेता बस्नेतले सरकार कुनै दललाई जिताउन लागिपरेको देखिएको बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार