सामाजिक सञ्जालमा मतप्रश्न नगर्न जिल्ला प्रशासन कार्यालय झापाको निर्देशन
२०८२ माघ २१ बुधवार
- जिल्ला प्रशासन कार्यालयले यस प्रकारको कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) अनुसार उल्लङ्घन हुने भएकाले यस्तो नगर्न आग्रह गरेको छ ।
काठमाडौं: जिल्ला प्रशासन कार्यालय झापाले मतदाताको गोपनीयता उल्लङ्घन हुनसक्ने घटनाबारे सचेत गराएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन हुनसक्ने अनलाइन गतिविधिप्रति चेतावनी दिएको छ ।
कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ,‘फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चार माध्यमले सर्वसाधारण तथ मतदाताहरूसँग के कुन दल वा उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भङ्ग गर्ने कार्य गरिरहेको जानकारी प्राप्त भएकोले उक्त कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लङ्घनको कार्य भएको हुँदा यो सूचना जारी भए पश्चात् कोही कसैबाट यस प्रकारको कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाहीको प्रक्रिया अघि बढाइने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’
जिल्ला प्रशासन कार्यालयले यस प्रकारको कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) अनुसार उल्लङ्घन हुने भएकाले यस्तो नगर्न आग्रह गरेको छ । प्रशासन कार्यालय झापाले सूचना जारी भएपश्चात पनि यस प्रकारको कार्य भएमा प्रचलित कानुन अनुसार कारबाही गरिने जनाएको छ ।
कार्यालयले सर्वसाधारण र सम्बन्धित सबैलाई यसबारे सचेत रहन अनुरोध गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।