काँग्रेसले भन्यो- झापा ५ मा कुनै गठबन्धन हुदैन, भ्रमको पछि नलागौं
२०८२ माघ २१ बुधवार
- क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले विज्ञप्ति जारी गर्दै निर्वाचनको समयमा केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत कपोकल्पित समाचार फैलाएर कार्यकर्ता र मतदातामा भ्रम सिर्जना गर्न खोजेको प्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
झापा : नेपाली काँग्रेसले झापा–५ मा गठबन्धनको हल्ला चालिएको भन्दै खण्डन गरेको छ । कांग्रेस झापा–५ क्षेत्रीय समितिले कुनै पार्टीसँग गठबन्धन गर्ने विषयमा छलफल नभएको भन्दै त्यस्ता भ्रामक र कपोकल्पित हल्लाका पछि नलाग्न आग्रह गरेको हो ।
क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले विज्ञप्ति जारी गर्दै निर्वाचनको समयमा केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत कपोकल्पित समाचार फैलाएर कार्यकर्ता र मतदातामा भ्रम सिर्जना गर्न खोजेको प्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्- 'नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन थापाले निर्वाचन अगाडि कुनै अर्को दलसँग गठबन्धन नहुने स्पष्ट पारिसक्नुभएको छ । कांग्रेस आफ्नो प्रतिबद्धतामा अडिग छ । शुभचिन्तक र कार्यकर्ताहरूलाई कुनै पनि भ्रम वा अफवाहको पछि नलाग्न अनुरोध छ ।'
विज्ञप्तिमा आगामी २०८२ साल फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार मन्धरा चिमोरिया पौड्याललाई अत्यधिक मतले विजयी गराउन सम्पूर्ण कार्यकर्तालाई निर्वाचन केन्द्रित कार्यक्रममा एक जुट हुन आह्वान गरिएको छ ।
पार्टीले आम मतदाताहरूलाई कांग्रेसको चुनाव चिन्ह रूखमा मतदान गर्न र भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।
सभापति भण्डारीले सबै निगतिविधिको पार्टीले शुक्ष्म मूल्यांकन गरेर रेकर्डमा राखिने बताउदै निर्वाचनको सम्बेदनशील घडीमा काँग्रेसका उम्मेदवारलाई प्रतिकुल असर पर्ने कुनै गतिबिधिबाटसचेत रहन समेत नेता कार्यकर्तालाई आग्रह गरेको छ ।
झापा- ५ मा नेकापा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन शाह उम्मेदवार रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’