झापाको सुकम्बासी बस्ति पुगेर बालेनले भने- यहाँ डोजर चलाउदिन !

२०८२ माघ २० मङ्गलवार
सारांश
  • मंगलबार बिहानैदेखि विभिन्न झापा-५ का विभिन्न स्थानमा पुगेर बालेनले सामुहिक छलफल शुरु गरेका हुन् । छलफलमा बालेनले स्थानीय समस्या बुझ्ने प्रयास गरिरहेको र छलफलमा राखिएका कुरा ध्यानपूर्वक सुनेको स्थानीयले बताएका छन् ।

झापा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापामा पुन चुनावी अभियान शुरु गरेका छन् ।

 

मंगलबार बिहानैदेखि विभिन्न झापा-५ का विभिन्न स्थानमा पुगेर बालेनले सामुहिक छलफल शुरु गरेका हुन् । छलफलमा बालेनले स्थानीय समस्या बुझ्ने प्रयास गरिरहेको र छलफलमा राखिएका कुरा ध्यानपूर्वक सुनेको स्थानीयले बताएका छन् । 

यसैबीच बालेन झापा-५ को कमला गाउँपालिकाका सुकम्बसी बस्तिमा पुगेर छलफल गरेका छन् । उनले काठमाडौँमा बाढीबाट बचाउन हटाउन खोजेको भन्दै हटाउन त्यसलाई गलत प्रचार गरिएको बताए । बालेनले झापाको अवस्था फरक रहेको, यहाँ असली सुकम्बासी भएकोले डोजर नचलाउने र आफुहरुले समस्या समाधान गर्ने बताए ।  

 

बालेन आफ्नो निर्वाचन क्षेत्रका साथै कोशी प्रदेशका अन्य जिल्लामा पनि चुनावी अभियानमा सहभागी हुने रास्वपाले जनाएको छ। यसअघि सुदूरपश्चिम र कर्णाली पुगेका बालेन सोमबार मात्र झापा आएका हुन् ।

 

झापा-५ मा बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिष्पर्धा गरिरहेकाले यस क्षेत्रमा देशभरको चासो रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार