झापा- ५ मा स्थानीयले बालेनलाई सोधे- तपाइँ र स्वतन्त्र पार्टीको एजेण्डा के हो ?
२०८२ माघ २० मङ्गलवार
- बालेन झापा-५ को कमला गाउँपालिकाका सुकम्बसी बस्तिमा पुगेर छलफल गरेका छन् । उनले काठमाडौँमा बाढीबाट बचाउन हटाउन खोजेको भन्दै हटाउन त्यसलाई गलत प्रचार गरिएको बताए ।
झापा :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापामा पुन चुनावी अभियान शुरु गरेका छन् ।
बालेन झापा-५ को कमला गाउँपालिकाका सुकम्बसी बस्तिमा पुगेर छलफल गरेका छन् । उनले काठमाडौँमा बाढीबाट बचाउन हटाउन खोजेको भन्दै हटाउन त्यसलाई गलत प्रचार गरिएको बताए ।
स्थानीयले बालेनलाई एजेण्डा के छ भन्दै प्रश्न गरेका छन् । स्थानीयले तपाइँको र रास्वपाको एजेण्डा के छ भन्ने प्रश्न गरेका थिए ।
एक स्थानीयले भने- कमल-५ भनेको पहिला देखि नै एमालेको गढ हो, तपाइँको एजेण्डा के के छन् त्यो पनि बुझ्न पाए हामीलाई राम्रो हुन्थ्यो । एमालेको गढ हामीले चिर्दैछौं । युवाहरुलाई देश सुम्पिनुछौँ । चुनाव आइसक्यो । बालेनका मात्र होइन, स्वतन्त्र पार्टीको एजेण्डा के के त ? भोली देशलाई दुई तिहाइ बहुमत दिएर बालेनजीलाई प्रधानमन्त्री बनाउने हो । हिजो जेनजी आन्दोलन हुदा यत्रो बच्चाहरु मरे । के को लागि भन्दा परिवर्तनको लागि । तर परिवर्तन भएन । देशले परिवर्तन पाएन । अब बालेनजीको यो योजना के छ त ? स्वतन्त्र पार्टीको एजेण्डा के छ त ? हामीले पनि बुझौ न । व्यक्तिगत भेटेर बुझ्ने भन्दा पनि सबैले बुझ्ने किसिमले बुझौ न भन्ने हो ।'
स्थानीयलाई जवाफ दिदै बालेनले फागुनको पहिलो सातामा मेनिफेस्टो सार्बजनिक गर्ने बताए । उनले भने- 'स्थानीयको जवाफमा बालेनले भने- एजेण्डा मेनिफेस्टो तयार पार्दैछौँ । हरेकको छुट्टा छुट्टै हुन्छ नि त । तपाइले बुझ्न खोजेको शिक्षाको होला स्वास्थ्यको होला पूर्वाधारको होला । सबैलाई सबै चिजको हुदैन नि त । फागुनको पहिलो साता सार्बजनिक गर्छौं । देश भरको अलग हुन्छ । यो क्षेत्रको एजेण्डा छुट्टै हुन्छ ।'
त्यस्तै स्थानीयले बालेनले गरिबलाई हटाउछ भन्ने कुरा आएको बताएपछि बालेनले भने- 'काठमाडौँ खोला छेउबाट हटाउन खोजेको उहाँहरु जोखिममा बसेकोलाई सुरक्षित ठाउमा लैजान खोजेको तर त्यसको गलत न्यारेटिभ डोजर जस्तो देखियो । खासमा त्यो मान्छेको ज्यान जोगाउनको लागि हो । खोला छेउ बाहेकको त भुमी आयोगले लगत संकलन गरेर नेपाल सरकारले दिने हो जग्गा । स्थानीय सरकारको सिफारिसमा नेपाल सरकारले दिने हो । यहाँको त रियल हो नि त ।'
त्यस्तै स्थानीयले प्रदेश खारेज गरेर शिक्षा र स्वास्थ्य निशुल्क गर्न सकिन्छ की सकिदैन भन्ने प्रश्नको जवाफमा बालेनले शतप्रतिशत गर्न संबिधानमा लेखेपनि बजेट नभएकाले गर्न नसकिने बताए । स्थानीयले भने' 'बजेट छैन भन्ने कुरामा हामीले प्रदेश संरचना खारेज गरेमा बजेट त जति पनि पुग्छ नि बालेनजी ।'
तर बालेनले प्रदेशमा धेरै खर्च नभएको जवाफ दिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
-
बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
-
श्रम संस्कृतिमा नयाँ विवाद, किराँती समुहलाई केन्द्रीय कमिटी बैठकमा बोलाइएन
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।