जसपा नेपालमा फर्किइन् नाउपा केन्द्रीय सदस्य चौधरी

२०८२ माघ २० मङ्गलवार
सारांश
  • सप्तरी-३ मा चुनावी छलफल र भेटघाटलाई तीव्रता दिइरहेका जसपा नेपालक़ा अध्यक्ष उपेन्द्र यादवले चौधरीसहितक़ा नेताहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

सप्तरी : जनता समाजवादी पार्टी नेपालले करिब चार महिना अघिदेखि सुरु गरेको 'घर फिर्ती अभियान' प्रभावकारी बनाएको छ ।

 

यसैक्रममा, मंगलबार नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य दिलकुमारी चौधरीसहितका नेता तथा कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका छन् ।

 

सप्तरी-३ मा चुनावी छलफल र भेटघाटलाई तीव्रता दिइरहेका जसपा नेपालक़ा अध्यक्ष उपेन्द्र यादवले चौधरीसहितक़ा नेताहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

 

यसअघि उनी जसपा नेपालकी केन्द्रीय सदस्यको जिम्मेवारीमा थिइन् । जसपा नेपाल विभाजन हुँदा उनी पार्टी परित्याग गरि नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी थिइन् । उनी थारु कल्याणकारी सभाकी केन्द्रीय सदस्य एवम् नेपाल आदिवासी जनजाति महासंघकी मधेश प्रदेशकी उपाध्यक्ष समेत हुन् ।

 

यसैगरी, कलाकारिता क्षेत्रमा सक्रिय रहँदै आएका थारु नेता गोपाल प्रसाद चौधरी समेत सोमबार पार्टी प्रवेश गरेका थिए । युवा नेता शिवशंकर यादव ‘शिवम’ समेत जसपा नेपाल प्रवेशसँग जोडिएका छन् । पार्टी विभाजन हुँदा उनी अशोक राई नेतृत्वको जसपामा लागेका थिए ।

 

मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका उनको प्रवेशले यूवा सङ्गठनमा थप उर्जा मिल्ने जसपा नेपालक़ा केन्द्रीय सचिव शैलेन्द्र साहले बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार