नेपाली कांग्रेसमा अब कुनै गुट छैन, पार्टीको जिम्मेवारी युवाको काँधमा: शुक्रराज शर्मा
२०८२ माघ १८ आइतवार
- पार्टीको नेतृत्व र जिम्मेवारी युवाहरूको हातमा पुगिसकेको उल्लेख गर्दै उनले सुशासन, समृद्धि र महँगी नियन्त्रणका लागि कांग्रेस सदैव प्रतिबद्ध रहेको जिकिर गरे।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपश्चात् पार्टीभित्रका सबै गुट अन्त्य भएको दाबी गरेका छन्। कास्की क्षेत्र नं. २ को पोखरा-८ सिमलचौरस्थित चुनाव प्रचारप्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गर्दै शर्माले अब पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिनुपर्ने बताए।
पार्टीको नेतृत्व र जिम्मेवारी युवाहरूको हातमा पुगिसकेको उल्लेख गर्दै उनले सुशासन, समृद्धि र महँगी नियन्त्रणका लागि कांग्रेस सदैव प्रतिबद्ध रहेको जिकिर गरे। "नेपाली कांग्रेस एउटा खुला किताब हो, जहाँ हरेक नागरिकले स्वतन्त्र रूपमा आफ्ना गतिविधि गर्ने वातावरण पाउँछन्," शर्माले भने।
कार्यक्रममा कास्की-२ का उम्मेदवार माधवप्रसाद बाँस्तोलाले कांग्रेसले 'जेनजी' का आवश्यकता र मागहरूलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए। त्यस्तै, क्षेत्र नं. २ का सभापति केशर निर्दोषीले बदलिएको कांग्रेसप्रति जनताको भरोसा बढ्दै गएको दाबी गरे।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’