गृहमन्त्री अर्यालले गरे भक्तपुरका दुई निर्वाचन कार्यालयको अनुगमन

२०८२ माघ १८ आइतवार
सारांश
  • सो अवसरमा उनले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउन प्रमुख निर्वाचन अधिकृतहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै प्रभावकारी सेवा प्रवाह र सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिए ।

काठमाडौँ: गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुर जिल्लाका दुई वटै निर्वाचन क्षेत्रका प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगी निर्वाचन तयारी र सुरक्षा अवस्थाको निरीक्षण गरेका छन् ।

 

गृह सचिव राजकुमार श्रेष्ठ तथा सुरक्षा महाशाखा प्रमुखसहितको टोलीका साथ पुगेका मन्त्री अर्यालले भक्तपुरको क्षेत्र नम्बर १ का प्रमुख निर्वाचन अधिकृत नवराज दाहाल र क्षेत्र नम्बर २ का प्रमुख निर्वाचन अधिकृत राधिका सुवालसँग भेट गरी निर्वाचन केन्द्रित प्रशासनिक कार्यहरूको जानकारी लिएका थिए ।

 

सो अवसरमा उनले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउन प्रमुख निर्वाचन अधिकृतहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै प्रभावकारी सेवा प्रवाह र सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिए ।

 

निर्वाचन कार्यालयहरूको निरीक्षण लगत्तै गृहमन्त्री अर्यालले मध्यपुर थिमि–२, सानोठिमीस्थित बाल सुधार गृहको पनि स्थलगत अनुगमन गरेका थिए । गत माघ ८ गते सुधार गृहमा भएको आगजनी र तोडफोडको घटनापश्चात् त्यहाँको पछिल्लो वस्तुस्थिति बुझ्न मन्त्री अर्याल सुधार गृह पुगेका थिए । सो क्रममा उनले उक्त घटनापछि सुधार गृहमा रहेका १८ वर्ष माथिका बाल बिज्याइँकर्ताहरूलाई नुवाकोटस्थित कारागारको छुट्टै ब्लकमा स्थानान्तरण गरिसकिएको जानकारी समेत गराएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार