थेबेको कालापानी र लिपुलेकबारे धारणा सार्बजनिक गर्न बालेनलाई चुनौती

२०८२ माघ १६ शुक्रवार
सारांश
  • उनले भने- 'हुनैवाला प्रधानमन्त्रीको लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे तपाईँको आधिकारिक स्टेटमेन्ट के हो ?'

काठमाडौँ: नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहलाई लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न चुनौती दिएका छन् ।

 

शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थेबेले भावी प्रधानमन्त्रीको हैसियतमा कालापानी र लिपुलेकबारे धारणा आवश्यक रहेको बताएका हुन् । उनले भने- 'हुनैवाला प्रधानमन्त्रीको लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे तपाईँको आधिकारिक स्टेटमेन्ट के हो ?' 

 

थेबेले निर्वाचनपछि समाजलाई सुखी र समृद्ध बनाउने एजेण्डासहित एमाले जनतामाझ गएको बताए । थेबे एमालेबाट ताप्लेजुङमा प्रतिनिधि सभाको उम्मेदवार रहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार