चर्चित निर्वाचन क्षेत्र: काठमाडौँ- ५ को चुनावी गणित, प्रदिपका चुनौती कमल, ईश्वरदेखि सस्मितसम्म
२०८२ माघ १५ बिहीवार
- काठमाडौँ- ५ बाट यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या ७८ हजार ११४ रहेको छ । यस क्षेत्रमा यस निर्वाचनमा ९० मतदान केन्द्र तोकिएको छ ।
काठमाण्डौ, १५ माघ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक काठमाडौँको क्षेत्र नम्बर ५ पनि रहेको छ । यस क्षेत्रबाट नेपाली काँग्रेसका महामन्त्री प्रदिप पौडेल, नेकपा एमालेका नेता ईश्वर पोखरेललगायतको उम्मेदवारीका कारण चर्चामा रहेको छ ।
काठमाडौँ क्षेत्र नम्बर ५ संसदीय क्षेत्रमा काठमाडौँ महानगरपालिकाका वडा नम्बर २, ३, ४ र ५ रहेका छन् भने बूढानीलकण्ठ नगरपालिकाका वडा नम्बर ३, ४, ५, ६ र ७ रहेका छन् । त्यस्तै टोखा नगरपालिकाको २, ३, ४, ५, ६ र ७ नम्बर वडा रहेका छन् ।
काठमाडौँ- ५ बाट यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या ७८ हजार ११४ रहेको छ । यस क्षेत्रमा यस निर्वाचनमा ९० मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन- २०७९
२०७९ को आम निर्वाचनमा नेपाली काँग्रेसका महामन्त्री प्रदिप पौडेलले जित हासिल गरेका थिए । पौडेलले १५ हजार २६९ मत प्राप्त गर्दै जित हासिल गरेका थिए । त्यसैगरी एमाले नेता ईश्वर पोखरेलले १० हजार १९० मत प्राप्त गरेका थिए । त्यस्तै यस क्षेत्रबाट गत निर्वाचनमा रास्वपाका डा. प्रणय शमशेर राणाले ५ हजार ४७७ मत प्राप्त गरेका थिए भने राप्रपाका राम प्रसाद उप्रेतीले ३ हजार १६२ मत प्राप्त गरेका थिए ।
त्यस्तै गत निर्वाचनमा यस क्षेत्रबाट समानुपातिकतर्फ रास्वपाले ११ हजार ६४७ मत प्रप्त गरेको थियो भने नेपाली काँग्रेसले १० हजार ४३ मत प्राप्त गरेको थियो । त्यस्तै एमालेले ९ हजार ६५२ मत प्राप्त गरेको थियो भने राप्रपाले ७ हजार २०१ मत प्राप्त गरेको थियो ।
उम्मेदवार- २०८२
फागुन २१ गते हुने निर्वाचनका लागि यस क्षेत्रबाट दल र स्वत्रन्त्र गरि २५ उम्मेदवार चुनावी मैदानमा रहेका छन् । जसमा नेकपा एमालेबाट नेता ईश्वर पोखरेल, नेपाली काँग्रेसबाट प्रदिप पौडेल, रास्वपाबाट सस्मित पोखरेल, नेकपाबाट कल्पना शर्मा, राप्रपाबाट कमल थापा उम्मेदवार बनेका छन् । त्यस्तै यस क्षेत्रमा गतिशील लोकतान्त्रिक पार्टीबाट निशा अधिकारी, उज्यालो नेपाल पार्टीबाट श्रीराम गुरुङलगयात उम्मेदवार रहेका छन् ।
निष्कर्ष:
यस क्षेत्रमा नेपाली काँग्रेसका प्रदिप पौडेल पुन: एक पटक जित निकाल्ने प्रयासमा रहेका छन् । तर उनलाई यो सजिलो भने देखिएको छैन । उनलाई एमालेका ईश्वर पोखरेल र रास्वपाका सस्मित पोखरेलले चुनौती दिएका छन् । पौडेल काँग्रेसमा तत्कालिन संस्थापनविरुद्ध विद्रोह गरेर पार्टीको महामन्त्री बन्दै चुनावी मैदानमा रहेका छन् । यसबाट आम मतदातामा काँग्रेसप्रति बनेको सकारात्मक धारणाको फाइदा पौडेललाई हुने देखिएको छ । त्यस्तै एमालेको हालै सम्पन्न महाधिवेशनमा केपी शर्मा ओलीलाई चुनौती दिएका ईश्वर पोखरेल यस क्षेत्रबाट पाँचौं पटक उम्मेदवार बनेका छन् । उनले २०६४ र २०७० को निर्वाचनमा हार बेहोरेका थिए भने त्यसपछि २०७४ मा पोखरेल विजयी भएका थिए ।
त्यसैगरी यस क्षेत्रमा रास्वपाका सस्मित पोखरेल उम्मेदवार बनेका छन् । बालेन शाहको टिमबाट उम्मेदवार बनेका पोखरेलले काँग्रेस र एमालेका उमेम्दवारलाई चुनौती दिने देखिन्छ । त्यस्तै यस अघि हेटौडाबाट चुनाव लड्ने गरेका राप्रपा नेता कमल थापा पनि यस क्षेत्रमा उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा राप्रपाले यस क्षेत्रमा समानुपातिक तर्फ प्राप्त गरेको ७ हजार मतलाई आधार मान्दा पनि उनी पनि चुनावी प्रतिष्पर्धामा रहेको भन्न सकिन्छ ।
यसरी हेर्दा यस क्षेत्रमा प्रदीप पौडेललाई रास्वपाको देशव्यापी लहरसँगै कमल थापा र ईश्वर पोखरेलको राजनीतिकको सामना गर्दै आफ्नो क्षेत्र बचाउने चुनौती रहेको देख्न सकिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’