काँग्रेसको प्रधानमन्त्रीको उम्मेदवार टुँडिखेल या रंगशाला जहाँपनि बहस गर्न तयार छ- विश्वप्रकाश शर्मा
२०८२ माघ १५ बिहीवार
- विहिबार रामेछाप कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले भदौ २३ र २४ पछि नेपाली समाजमा अविश्वास बढेको र समाजमा टुटेको सद्भावलाई काँग्रेसले जोड्ने बताए ।
काठमाडौँ : नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काँग्रेसले सद्भावलाई गास्ने काम गर्ने बताएका छन् ।
विहिबार रामेछाप कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले भदौ २३ र २४ पछि नेपाली समाजमा अविश्वास बढेको र समाजमा टुटेको सद्भावलाई काँग्रेसले जोड्ने बताए ।
उनले काँग्रेसले पार्टीमा आमुल परिवर्तन गरेर निर्वाचनमा होमिएको बताउदै काँग्रेसले सद्भाव जोड्नेदेखि सुशासनको पक्षमा काम गर्ने दाबि गरे । उनले काँग्रेसले अहिले विगतमा गरेका राम्रा काम जनतामा लैजाने र गरेका गल्तिप्रति माफी माग्दै अगाडी बढ्ने स्पष्ट गरे ।
उपसभापति शर्माले सद्भाव, सुशासन र उन्नतिको मुद्धालाई अगाडी बढाउन काँग्रेसले सभापति गगन थापालाई अगाडी बढाएको बताए ।
उनले काँग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार रहका सभापति गगन थापालाई टुँडिखेलमा होस् या रंगशालामा होस् बहस गर्न पठाउन तयार रहेको बताए । उनले काँग्रेसको प्रधानमन्त्रीको उम्मेदवारसँग अनुभव पनि छ उत्साह पनि छ, संयम पनि छ, परिपक्कता पनि छ धैर्यता पनि छ र भिजन पनि रहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’