काँग्रेस नेता सुनिल शर्माविरुद्ध आयोगमा उजुरी, पैसा बाँडेको आरोप
२०८२ माघ १५ बिहीवार
- शर्माले चुनावी प्रचारका क्रममा मतदाता प्रभावित पार्ने उद्देश्यले पैसा बाँडेको आरोप लगाउँदै उजुरी दर्ता गरिएको हो ।
विराटनगर: नेपाली काँग्रेसबाट मोरङ-३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका सुनिलकुमार शर्माविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।
शर्माले चुनावी प्रचारका क्रममा मतदाता प्रभावित पार्ने उद्देश्यले पैसा बाँडेको आरोप लगाउँदै उजुरी दर्ता गरिएको हो ।
मोरङ-३ बाट राष्ट्रिय ऊर्जाशील पार्टीका उम्मेदवार भुवनकुमार वाग्लेले शर्माले ‘यमबुद्ध फाउन्डेसन’लाई १० लाख दिएको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।
उजुरीमा उक्त रकम निर्वाचन आचारसंहिताविपरीत भएको दाबी गर्दै आवश्यक कारबाहीको माग गरिएको छ । आयोगले उजुरीमाथि छानबिन भइरहेको र रकम दिएको प्रमाण फेला परेमा कानुनी प्रक्रिया अगाडी बढाउने बताएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’