- गुल्मी-२ बाट प्रतिनिधि सभाको उम्मेदवार समेत बनेका सागरले प्रचारको क्रममा अघिल्लो चुनावको अनुभव सुनाउने क्रममा डडेल्धुराका युवाले होटलमा ४०-५० हजारको रक्सि मासु खाइदिएको उल्लेख गरेको भिडियोप्रति उनको सामाजिक सञ्जालमा आलोचना भएको थियो ।
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य सागर ढकालले डडेल्धुराबासीसँग माफी मागेका छन् ।
डोटेली भाषामा सामाजिक सञ्जालमा लेख्दै ढकालले डडेल्धुराबासीको १३ हजार मतले देश बनाउन लागेको भन्दै ठुलो सपना देख्दा सानातिना गल्ति हुने भन्दै माफी मागेका हुन् ।
गुल्मी-२ बाट प्रतिनिधि सभाको उम्मेदवार समेत बनेका सागरले प्रचारको क्रममा अघिल्लो चुनावको अनुभव सुनाउने क्रममा डडेल्धुराका युवाले होटलमा ४०-५० हजारको रक्सि मासु खाइदिएको उल्लेख गरेको भिडियोप्रति उनको सामाजिक सञ्जालमा आलोचना भएको थियो । खासगरी डडेल्धुरा र सुदूरपश्चिममा यस क्षेत्रको अपमान गरेको भन्दै घटनाको विस्तृत विवरण सार्बजनिक गर्न माग भएको थियो ।
उनले भनेका छन्- 'डडेलधुराका मान्सलाई धेरै-धेरै धन्यवाद। तमरो १३,०४२ मतले अब यो देश बन्नाउन लाग्या छ । ठुला सपना धेख्दा साना-तिना गल्ती हुनाइछन, माफ गरिदिया । तमरो माया कइलेइ नभुलुँलो । डडेलधुराबाटी गुल्मी जान लाग्या छु, फेरि छिट्टै भेटौँला ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक १ गते आइतबार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’