काँग्रेसको पार्टी र आयोगको आचार संहिता पालना गर्न सबै उम्मेदवारलाई निर्देशन

२०८२ माघ १३ मङ्गलवार
सारांश
  • काँग्रेसले निर्वाचन प्रचार–प्रसारका क्रममा निर्वाचन आयोगको आचार संहितालाई पूर्ण रूपमा पालना गरिने र गलत संस्कृतिको विकास नहोस् र प्रतिस्पर्धा मर्यादित रहोस् भन्ने उद्देश्यले पार्टीले आन्तरिक रूपमा थप आचार संहिता निर्माण गरी मातहतका निकायहरूलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको जनाएको छ ।

काठमाडौँ :  नेपाली काँग्रेसले फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको प्रचार प्रसारमा पार्टी एक भएर जुटेको जानकारी दिएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले अहिलेसम्म भएका निर्वाचन केन्द्रित कार्यक्रम बारे जानकारी दिदै पार्टी एक भएर निर्वाचनमा होमिएको जानकारी दिएका हुन् । 

 

काँग्रेसले निर्वाचन प्रचार–प्रसारका क्रममा निर्वाचन आयोगको आचार संहितालाई पूर्ण रूपमा पालना गरिने र गलत संस्कृतिको विकास नहोस् र प्रतिस्पर्धा मर्यादित रहोस् भन्ने उद्देश्यले पार्टीले आन्तरिक रूपमा थप आचार संहिता निर्माण गरी मातहतका निकायहरूलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको जनाएको छ ।

 

साथै विद्रोह गरेका केही नेताहरुले मनोनयन फिर्ता लिइसकेको र बाँकी रहेका थोरै स्थानमा पनि उम्मेदवारी स्थगन गरी पार्टीका अन्य उम्मेदवारहरूलाई विजयी बनाउन आह्वान गर्ने क्रम जारी रहेको प्रवक्ता चालिसेले जानकारी दिएका छन् ।

 

साथै काँग्रेसमा पुराना नेताहरु पुनः जोडिने क्रम बढेको छ भने नयाँ प्रवेशको लहर पनि चलेको बताउदै अन्य दलका उम्मेदवार, समर्थक तथा कार्यकर्ताहरूको पार्टी प्रवेश निरन्तर बढिरहेको प्रवक्ता चालिसेले बताए । डोल्पाका अन्य पार्टीका उम्मेदवार दिल वहादुर विष्ट र जुनु भण्डारीले आफ्नो उम्मेदवारी फिर्ता लिई नेपाली कांग्रेसमा प्रवेश गरेको उनले जानकारी दिए । 

 

विशेष महाधिवेशनपछि गठित नयाँ केन्द्रीय कार्यसमितिले अत्यन्त सीमित समयमा उम्मेदवार चयन, प्रचार र परिचालनका कार्यहरूलाई व्यवस्थित रूपमा सञ्चालन गरिरहेको बताउदै उनले प्रदेश, जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र हुँदै नगरपालिका-गाउँपालिका र वडा तहसम्म प्रचार प्रसार तथा परिचालन समिति गठनको कार्य अन्तिम चरणमा पुगेको बताए । 

 

काँग्रेसले चुनाव प्रचारका क्रममा पार्टीका नीति, योजना तथा कार्यक्रमहरूलाई प्राथमिकता दिई जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गर्ने तथा व्यक्तिगत जीवनमा प्रवेश नगर्ने, मानव स्वतन्त्रताको सम्मान गर्न सबै १६५ उम्मेदवार तथा नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

 

साथै काँग्रेसले फागुन ७ गते जनकपुरधाममा विशेष सभाको आयोजना गर्ने भएको छ र भने केन्द्रीय स्तरको आमसभा अन्य क्षेत्रमा क्रमशः आयोजना गरिने प्रवक्ता चालिसेले जानकारी दिएका छन् । त्यस्तै उनले निर्वाचन केन्द्रित भएर समकालीन राजनीतिक, वैचारिक, नीतिगत तथा समसामयिक विषयमा प्रत्येक दुई दिनमा डबली संवाद कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार