सोसल मिडियामा स्टण्टबाजी गरेर जनताको दिमाग चाट्ने काम भएको छ: प्रचण्ड
२०८२ माघ १३ मङ्गलवार
- उनले सिद्धान्ताको दृष्टिकोणले अध्यक्ष किरणप्रति सम्मान रहेको बताउँदै तर बौद्ध भिक्षुक रहेसम्म उनको घण्टी बजाउने तरिकाले यो देशमा केही नहुने टिप्पणी गरे ।
काठमाडौं: नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले देशमा सिद्धान्त र विचारको खडेरी लागेको बताएका छन् ।
अहिले सामाजिक सञ्जालमा स्टण्टबाजी गरेको आधारमा नै जनताको दिमाग चाट्ने काम भइरहेको भन्दै यसलाई वामपन्थीहरु एकताबद्ध भएर मात्रै चिर्न सकिने उनको भनाई छ ।
उनले भने,‘अहिले देशमा सिद्धान्त र विचारको खडेरी छ । सोसल मिडियामा स्टण्टबाजी गरेको आधारमा नै जनताको दिमाग चाट्ने काम भएको छ । यसलाई हामी सबै एकताबद्ध भएर मात्रै क्रस गर्नसकिन्छ ।’
त्यस्तै उनले सिद्धान्ताको दृष्टिकोणले अध्यक्ष किरणप्रति सम्मान रहेको बताउँदै तर बौद्ध भिक्षुक रहेसम्म उनको घण्टी बजाउने तरिकाले यो देशमा केही नहुने टिप्पणी गरे ।
‘किरण जीलाई मैले पनि आदार गर्छु, सिद्धान्तको दृष्टिकोणले मेरो मनमा उहाँप्रति आक्रोस छैन, उहाँलाई अपमान गर्न पनि कुनै मन छैन , तर उहाँले बौद्ध भिक्षुक रहेसम्म घण्टी बजाउने तरिकाले यो देशमा हुनेवाला केही छैन, ’उनले भने ।
संयोजक प्रचण्डले जेनजी आन्दोलनपछि राष्ट्र गम्भीर र असाधारण अवस्थामा पुगेको भन्दै यस्तो परिस्थितिमा राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने र विदेशी चलखेल रोक्न आवश्यक रहेको कारण वाम एकताको अभियान सुरु गरेको बताए । उनको अनुसार भोलीसम्म वाम एकताको संख्या २३ पुग्दैछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक १ गते आइतबार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’