चर्चित निर्वाचन क्षेत्र: झापा- २ मा, पूर्व सभामुख र उपसभामुखलाई स्वागत नेपालको चुनौती
२०८२ माघ १३ मङ्गलवार
- यस क्षेत्रबाट पुर्व सभामुख देवराज घिमिरे, पूर्व उपसभामुख इन्दिरा राना मगर, स्वागत नेपाल लगायतको उम्मेदवारीका कारण चर्चामा रहेको छ ।
काठमाण्डौ, १३ माघ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक झापाको २ नम्बर क्षेत्र पनि रहेको छ । यस क्षेत्रबाट पुर्व सभामुख देवराज घिमिरे, पूर्व उपसभामुख इन्दिरा राना मगर, स्वागत नेपाल लगायतको उम्मेदवारीका कारण चर्चामा रहेको छ ।
झापाको २ नम्बर संसदीय निर्वाचन क्षेत्रमा अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाको १ नम्बर वडादेखि ९ नम्बर वडासम्म, कनकाई नगरपालिकाको वडा नम्बर ८ र ९ तथा बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर१, २ र ३ लगायतका वडाहरू समावेश गरिएको छ ।
झापा-२ बाट यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ४७ हजार ५२२ रहेको छ । यस क्षेत्रमा यस निर्वाचनमा १६५ मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन
२०७९ मा भएको निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका देवराज घिमिरे विजयी भएका थिए । घिमिरेले २८ हजार ७१६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार भद्र प्रसाद नेपाल (स्वागत नेपाल) ले २६ हजार ४५५ मत प्राप्त गरेका थिए । त्यसैगरी तत्कालिन माओवादी केन्द्रबाट उम्मेदवार बनेका हरि कुमार राना मगरले १३ हजार ९३० मत प्राप्त गरेका थिए भने रास्वपाबाट उम्मेदवार बनेका रुद्र प्रसाद गिरीले ८ हजार ७८१ मत प्राप्त गरेका थिए ।
त्यसैगरी यस क्षेत्रमा समानुपातिकतर्फ नेकपा एमालेले २६ हजार ४९० मत प्राप्त गरेका थिए भने रास्वपाले २२ हजार ५१७ मत प्राप्त गरेको थियो । त्यसैगरी नेपाली काँग्रेसले १५ हजार ४९८ मत प्राप्त गरेको थियो भने राप्रपाले ७ हजार ८८० मत पाएको थियो । त्यसैगरी माओवादी केन्द्रले ३ हजार ८३९ मत पराएको थियो ।
उम्मेदवार
यस पटकको निर्वाचनमा झापा-२ मा स्वतन्त्रसहित १८ उम्मेदवार रहेका छन् । अघिल्लो निर्वाचनमा केवल दुई पक्षीय प्रतिष्पर्धा भएपनि यस पटक भने पूर्व सभामुख घिमिरे र उपसभामुख राना मगरको भिडन्तले रोचक बनाएको छ । त्यस्तै अघिल्लो निर्वाचनमा स्वतन्त्र चुनाव लडेका स्वागत नेपाल यस पटक राप्रपाबाट उम्मेदवार बनेका छन् ।
त्यस्तै यस क्षेत्रमा अघिल्लो निर्वाचनमा काँग्रेस र माओवादीबीच तालमेल हुदा माओवादी केन्द्रको उम्मेदवार थियो भने यस पटक काँग्रेसले नेतृ सरिता प्रसाईलाई उम्मेदवार बनाएको छ । त्यसैगरी नेकपाले नेतृ धर्मशिला चापागाईंलाई टिकट दिएको छ । त्यसैगरी झापा-२ मा डा. युवराज संग्रौलाको स्वतन्त्र उम्मेदवारी समेत चर्चामा रहेको छ । उम्मेदवारको प्रोफाइल हेर्दा यस पटक झापा-२ मा बहुपक्षीय प्रतिष्पर्धा हुने देखिन्छ ।
निष्कर्ष:
गत निर्वाचनको प्रत्यक्ष र समानुपातिक मतको विश्लेषण गर्दा र यस पटक रास्वपाको पक्षमा देखिएको लहर हेर्दा झापा-२ मा कम्तिमा पनि त्रिपक्षिय प्रतिष्पर्धा हुने देखिएको छ ।
एमालेका देवराज घिमिरे, राप्रपाका स्वागत नेपाल र रास्वपाकी इन्दिरा राना मगरबीच प्रतिष्पर्धा हुने देखिन्छ । तीन जनाको प्रतिष्पर्धाका बीच काँग्रेसकी प्रसाईले सरप्राइज दिने दाउ हेरेकी छन् । त्यस्तै स्वागत नेपाल राप्रपाबाट उम्मेदवार बन्दै अघिल्लो चुनावमा पाएको मतसँग राप्रपाको मत मिसाएर जित्ने दाउ हेरेका छन् ।
त्यस्तै, रास्वपाकी राना मगर झापा-५ मा बालेनको उम्मेदवारीको प्रभाव पार्ने र चुनाव जित्ने अभियानमा रहेकी छन् । त्यस्तै एमालेको संगठनात्मक मत धेरै भएकाले आफ्नो मत बचाउन सकेमा जित्ने आकलनमा घिमिरे रहेका छन् । यसरी हेर्दा झापा-२ बहुपक्षीय प्रतिष्पर्धा हुने स्पष्ट देखिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।