राष्ट्रिय सभामा पार्टी अनुशासनमै जोड, कांग्रेस–एमाले सहकार्यमा विचलन नहुने : महामन्त्री घिमिरे

२०८२ माघ ११ आइतवार
सारांश
  • महामन्त्री घिमिरेले नेपाली कांग्रेस विगतका कमजोरी सुधार गर्दै व्यवस्थित र जिम्मेवार ढंगले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनमा होमिएको दाबी गरे ।

मोरङ: नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले राष्ट्रिय सभाको निर्वाचनमा पार्टी अनुशासन र निर्णय कार्यान्वयन नै सबैभन्दा ठूलो आधार हुने बताएका छन् । उनले कांग्रेस–एमालेबीच तय भएको सहकार्यमा कुनै किसिमको विचलन नहुने स्पष्ट पारे ।

 

शनिबार मोरङमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री घिमिरेले माघ ११ गते हुने निर्वाचनमा कांग्रेसका मतदाता, जनप्रतिनिधि र निर्वाचक मण्डलले पार्टी निर्णयअनुसार इमान्दारिताका साथ मतदान गर्ने विश्वास व्यक्त गरे ।

 

महामन्त्री घिमिरेले नेपाली कांग्रेस विगतका कमजोरी सुधार गर्दै व्यवस्थित र जिम्मेवार ढंगले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनमा होमिएको दाबी गरे ।


उनले मतदातासामु जाने क्रममा भावनात्मक नाराभन्दा पनि व्यवहारमा कार्यान्वयन गर्न सकिने एजेन्डालाई प्राथमिकतामा राख्ने नीति लिएको बताए ।

 

उनका अनुसार कांग्रेस यसपटक घोषणापत्रमा ठूला र आकर्षक शब्द प्रयोग गर्नेभन्दा पनि जनताले अनुभूति गर्न सक्ने, पूरा गर्न सकिने प्रतिबद्धतामात्रै समेटेर निर्वाचनमा जाने तयारीमा छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार