बंगलादेशमा फेरी अर्को हिन्दूको विभत्स हत्या

२०८२ माघ ११ आइतवार
सारांश
  • विगत केही हप्तामा हिन्दू समुदायका व्यक्तिहरूको हत्या भएको यो चौथो घटना हो।

बंगलादेशमा अल्पसंख्यक हिन्दू समुदायमाथि लक्षित हिंसाका घटनाहरू बढ्दै जाँदा त्यहाँ त्रास र आक्रोश फैलिएको छ। 

 

पछिल्लो घटनामा, नरसिंहदी जिल्लाका ४० वर्षीय किराना व्यवसायी मनि चक्रवर्तीको अज्ञात समूहले धारिलो हतियार प्रहार गरी बीभत्स हत्या गरेको छ। प्रहरीका अनुसार मनि राति आफ्नो पसल बन्द गरेर घर फर्किने क्रममा उनीमाथि यो साङ्घातिक आक्रमण भएको हो।

 

विगत केही हप्तामा हिन्दू समुदायका व्यक्तिहरूको हत्या भएको यो चौथो घटना हो। यसअघि जशोरमा पत्रकार राणा प्रतापको गोली हानी हत्या गरिएको थियो भने मेमनसिंहमा कट्टरपन्थि इस्लामिक समूहद्वारा दीपु चन्द्र दासलाई ईश्वर निन्दाको आरोपमा कुटपिट गरी जिउँदै जलाइएको थियो। यस्तै, शरियतपुरमा व्यवसायी खोकन चन्द्र दासलाई पनि छुरा प्रहार गरी आगो लगाइएको हृदयविदारक घटना सार्वजनिक भएको थियो।

 

यी श्रृंखलाबद्ध हत्याहरूले बंगलादेशको शान्ति सुरक्षा र हिन्दु अल्पसंख्यकको संरक्षणमाथि गम्भीर प्रश्न उठाएको छ। मानवअधिकारवादी समूहहरूले स्थानीय प्रशासनको फितलो कारबाही र अपराधीहरूलाई पक्राउ गर्न भइरहेको ढिलाइले गर्दा अपराधीहरूको मनोबल बढेको र अल्पसंख्यक समुदाय थप जोखिममा परेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार