बालेनलाई अभियन्ता ईः ईः को कटाक्ष: स्टेज सेयर गरेर चिप्लिनुभन्दा स्टाटस लेख्दै बस्नु ठिक !

२०८२ माघ ११ आइतवार
सारांश
  • सामाजिक सञ्जालमा लेख्दै ईः ईः ले स्टेज सेयर गरेर चिप्लिनुभन्दा स्टाटस लेख्दै बस्नु ठिक हुने भन्दै केपी शर्मा ओलीको सान्दर्भिकता समाप्त भइसकेको अवस्थामा भविष्यका लागि अझ ठुलो अर्को केपी चाहिँदैन र ? भन्दै प्रश्न गरेका ।

काठमाडौँ : सामाजिक अभियन्ता ईः ईः ले रास्वपाका वरिष्ठ नेता बालेन शाहप्रति व्यंग्य गर्दै अझ ठुलो अर्को केपी ओली बन्न लागेको आरोप लगाएका छन् ।

 

सामाजिक सञ्जालमा लेख्दै ईः ईः ले स्टेज सेयर गरेर चिप्लिनुभन्दा स्टाटस लेख्दै बस्नु ठिक हुने भन्दै केपी शर्मा ओलीको सान्दर्भिकता समाप्त भइसकेको अवस्थामा भविष्यका लागि अझ ठुलो अर्को केपी चाहिँदैन र ? भन्दै प्रश्न गरेका ।

 

उनले भनेका छन्: 

कुनैपनि भिडियो अन्तर्वार्ता नदिने र सार्वजनिक मञ्चमा डिबेट नगर्ने भावी प्रधानमन्त्रीको चुनावी रणनीति सही हो । चिप्लिनुभन्दा स्टेज म्यानेजड एपिरेन्स गर्नु र स्ट्याटस ठोक्दै बस्नु बेस । त्यतिले दम पुगेकैछ । केपीको सान्दर्भिकता समाप्त भइसक्यो, तर भविष्यका लागि अझ अजङ्गको अर्को केपी चाहिएन त ? जर्नालिस्टिक इन्टिग्रिटी र जील भएको कसैले २४ गतेको घटनाक्रम, महानगर प्रहरीको निर्ममता, निरन्तर कानूनीराजको उपहास, सामाजिक-आर्थिक नीति, गणतन्त्र - संघीयता - धर्म निरपेक्षता आदिबारे केरकार गर्यो भने पारा तातिएर, भल्कानो पड्केर उत्पात हुनसक्छ। त्यस्तो प्राकृतिक दूर्घटना हुनदिनुहुँदैन ।'

 

सामाजिक सञ्जाल र मिडियामा भावी प्रधानमन्त्रीका उम्मेदवारबीच सार्बजनिक बहस हुनुपर्ने माग भइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमै आफु बहसका लागि तयार रहेको बताएका थिए । त्यसको जवाफमा बालेनले ७६ जना बच्चाको हत्यारासँग मन्च शेयर नगर्ने जवाफ फर्काएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार