काठमाडौं ९ का मतदाताको भावना बुझेको छु, विश्वास जित्छु : नानू वाँस्तोला
२०८२ माघ १० शनिवार
- आफूले जनताका आवाज लिएर हिडिरहेको र साना भन्दा साना समस्याहरुको समाधानका लागि सक्रिय रहेकाले जनताले त्यस्तै उम्मेदवार खोजेको उनको भनाइ थियो ।
काठमाडौं: आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ९ मा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फको उम्मेदवार नानू वाँस्तोलाले आफू सँधै जनतासँगै रहेकाले मतदाताले विश्वास गर्ने बताएकी छन् ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले सत्तामा भए या नभएपनि आफ्ना क्षेत्रका मतदाताहरुसँग सँधै सहकार्य गर्दै अघि बढिरहेकाले निर्वाचनबाट सुखद् परिणाम आउने दावी गरिन् ।
‘म कहिल्यै पदका पछि लागिन । किनकी मेरो नाम समानुपातिकतर्फबाट पठाइएपनि म प्रत्यक्षतर्फ नै उभिए । म जनताबाट अनुमोदित हुन चाहन्छु । मेरो उम्मेदवारीप्रति मेरो क्षेत्रका मतदाता उत्साहित पनि छन् । जनताको जनजीविकासँग जोडिएर, समस्याको साझेदार रहेर काम गरेको छु । सत्तामा बसेर काम गरेको छैन र कतै पदको लाभ लिएको पनि छैन् । फ्रेस भएकाले मलाई मतदाताले खोज्नुभएको छ,’ उनले अगाडि भनिन्,‘म राजनीतिमा परिपक्व युवा हुँ । सँधै जनतासँगै जोडिएर काम गरेकाले मतदाताले विश्वास गर्नुहुनेछ ।’
आफूले जनताका आवाज लिएर हिडिरहेको र साना भन्दा साना समस्याहरुको समाधानका लागि सक्रिय रहेकाले जनताले त्यस्तै उम्मेदवार खोजेको उनको भनाइ थियो ।
‘जनताले खोजेको भनेको समृद्धि र विकास हो । म विगतमा पनि विकास निर्माणका लागि धेरै काम गरेको छु । मेरो फोन २४ घन्टा उठ्छ र घरको ढोका जनताका लागि सँधै खुला छ । म आफ्नै व्यवसाय गरेर राजनीति गरेको व्यक्ति पनि भएकाले कुनै प्रलोभन छैन्,’ उनले अगाडि भनिन्,‘जनताले यतिबेला खोजेको शुसासन हो र भ्रष्टाचारमुक्त समाज निर्माण हो । त्यसका लागि म अब्बल उम्मेदवार हुँ ।’
आफ्नो निर्वाचन क्षेत्रभित्रका मतदाताका फरक फरक समस्या र अपेक्षा रहेकाले सोही अनुसार काम गर्नुपर्ने उनको भनाइ थियो । ‘मेरो क्षेत्रमा काठमाडौं महानगरको चारवटा वडा, चन्द्रागिरीको पाँचवटा र नागार्जुनका पाँचवटा गरी १४ वटा वडाहरु पर्ने भएकाले न्यूरोडको ओटुका मतदाताको सोच, अपेक्षा, विकास र भावना अनि भीमढुंगाका मतदाताको भावना र विकासको अपेक्षा फरक फरक भएकाले सोही अनुसार काम गर्नुपर्नेछ । त्यसैले सबै क्षेत्रका मतदाताको भावना मजाले बुझेर काम गर्न सक्छु,’ उनले भनिन्,‘यस क्षेत्रको विविधतालाई सम्बोधन गर्न सक्ने व्यक्तिको खोजी पनि भइरहेको छ ।’
राजनीतिमा लागेदेखि आफ्नो क्षेत्रका मतदातासँग प्रत्यक्ष जोडिएर काम गरेकाले र विभिन्न संघसंस्थामा बसेर काम गरेकाले आम मतदाताले नजिकबाट चिन्नुभएकाले यस पटक विश्वास गर्नुहुन्छ भन्ने विश्वास लिएको सुनाइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।