निर्वाचन आयोगबाट प्रतिनिधि सभाको उम्मेदवारका वैयक्तिक विवरण सार्बजनिक
२०८२ माघ १० शनिवार
- आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ (१) बमोजिम अनुसूची - १० अनुसार मनोनयन पत्रसँगै पेस गरेको वैयक्तिक विवरण सोही दफाको उपदफा (३) बमोजिम सार्वजनिक गरेको हो ।
काठमाडौँ: निर्वाचन आयोगले फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्धारित मितिमा मनोनयन पत्र दर्ता गरी दर्ता कायम रहेका उम्मेदवारको वैयक्तिक विवरण सार्बजनिक गरेको छ ।
आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ (१) बमोजिम अनुसूची - १० अनुसार मनोनयन पत्रसँगै पेस गरेको वैयक्तिक विवरण सोही दफाको उपदफा (३) बमोजिम सार्वजनिक गरेको हो ।
आयोगले निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा विश्वसनीय बनाउनका लागि उम्मेदवारका वैयक्तिक विवरणहरू सार्वजनिक गर्नु आवश्यक रहेको हुँदा आयोगले कानुनी व्यवस्था अनुसार सम्बन्धित सबै उम्मेदवारहरूले पेस गरेका विवरणहरू आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रकाशन गरेको छ । यसले मतदाता, सरोकारवाला निकाय, सञ्चार माध्यम तथा आम नागरिकलाई उम्मेदवार सम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सहज बनाउने उद्देश्य अनुरुप उक्त वैयक्तिक विवरणहरू आयोगको आधिकारिक वेबसाइट https://result.election.gov.np मा उपलब्ध गराइएको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’