प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार
२०८२ माघ ०८ विहिवार
- जिल्लाको नरहरीनाथ गाउँपालिका, पचालझरना गाउँपालिका र खाँडाचक्र नगरपालिकाबाट तीन÷तीन उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।
सुर्खेत :आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कालिकोटको रास्कोट नगरपालिकाबाट चार जनाले प्रत्यक्षतर्फका उम्मेदवार बनेका छन् ।
जिल्लाको नरहरीनाथ गाउँपालिका, पचालझरना गाउँपालिका र खाँडाचक्र नगरपालिकाबाट तीन÷तीन उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्कोट नगरपालिकाका स्थायी बासिन्दा नगेन्द्र शाही ‘नेश्नल’ राष्ट्रिय स्वतन्त्र पाटीका प्रकाश न्यौपाने, प्रगतिशिल लोकतान्त्रिक पार्टीका धर्मराज न्यौपाने र स्वतन्त्र उम्मेद्वार मानबहादुर तिरुवा रहेका छन् । पचालझरना गाउँपालिका नेपाली काँग्रेसका हर्षबहादुर बम, नेपाली कम्युनिष्ट पाटीका महेन्द्रबहादुर शाही र देशभक्त समाज पार्टीका प्रेमसिंह तिरुवाले मनोनयन दर्ता गराएका छन् ।
खाँडाचक्र नगरपालिकाका स्थायी बासिन्दा नेपाली काँग्रेसका नेता भुपेन्दजंग शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर शाही र राष्ट्रिय जनमोर्चाका अजयबहादुर गिरी उम्मेदवार बनेका छन् ।
नरहरीनाथ गाउँपालिकाका स्थायी बासिन्दा नेकपा माओवादीका प्रवक्ता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’, नेपाली कम्युनिष्ट पार्टीका बागी उम्मेदवार जीवनबहादुर बुढा र जस्मिन बिष्टले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेमकिपाका उम्मेदवार नन्दबहादुर शाही शुभकालिकाका स्थायी बासिन्दा हुन् ।
कालिकोटमा प्रतिनिधी सभाको निर्वाचन रोचक बन्दै गएको छ । झण्डै दुई दशकपछि प्रकाण्डको उपस्थिति नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टीमा देखिएको असन्तुष्टिले चुनावी परिणाम आँकलन गर्न सहज नभएको स्थानीयहरुले बताएका छन् ।
२०६४ सालमा कालिकोटमा चुनाव लडेका प्रकाण्ड, लगातार चौथो पटक चुनाव लडेका महेन्द्रबहादुर शाही र यस अघि चुनाव लडिसकेका भुपेन्द्रजंग शाही र नगेन्द्र शाहीलाई नयाँ अनुहारले चुनौती दिएका छन् ।
तत्कालिन नेकपा माओवादी केन्द्रले आधार क्षेत्र मान्दै आएको कालिकोटमा प्रतिनिधी सभा निर्वाचन पछि परिणाम विगतको भन्दा फरक आउने आँकलन गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’