देउवा पक्षको रिटको पेसी आज

२०८२ माघ ०६ मङ्गलवार
सारांश
  • नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेपछि सो निर्णयविरुद्ध देउवा समूह आइतबार सर्वाच्च अदालत पुगेको थियो ।

काठमाडौँ:नेपाली कांग्रेसको शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर गरेको निर्वाचन आयोगको निर्णयविरुद्ध रिटको पेसी आज रहेको छ । 

 

आयोगले शुक्रबार गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेपछि सो निर्णयविरुद्ध देउवा समूह आइतबार सर्वाच्च अदालत पुगेको थियो ।

 

रिटमा पार्टीको विधान विपरीत विशेष महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरिएको भन्दै विशेष महाधिवेशन अवैधानिक कायम गर्न माग गरिएको छ । त्यस्तै रिटमा गगन थापा नेतृत्वको केन्द्रीय समिति अवैधानिक घोषणा गर्न परामादेश माग गरिएको छ ।

 

आज फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको आज उम्मेदवार मनोनयनको तालिका रहेको छ । कांग्रेसका सबै पक्षबीच सर्वोच्चको निर्णयलाई मानेर जाने सहमति भएको बताइएको छ । जस अनुसार सभापति गगन थापाले चुनावका लागि टिकट वितरण गरिरहेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार