काठमाडौं–३ बाट उम्मेदवारी दिएपछि राजु पाण्डेले भने ः रास्वपाको बहुमत आउँछ
२०८२ माघ ०६ मङ्गलवार
- मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उनले मनोनयन दर्ता गराएका हुन् ।
कामठाडौं: काठमाडौं महानगरपालिकाका निवर्तमान प्रहरी प्रमुख राजु पाण्डेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मनोनयन दर्ता गराएका छन् ।
मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उनले मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्तापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले निर्वाचनमा रास्वपाको बहुमत आउने विश्वास व्यक्त गरे । त्यस्तै उनले सत्ताको फोहोरी खेलभन्दा पनि जनतालाई डेलिभरी गर्ने काममा आफूहरु लाग्ने प्रतिबद्धता जनाए ।
उनले भने,‘हरेक जनप्रतिनिधिहरु जनताको समस्या पीडा बुझ्ने हुनुपर्छ । अबको सरकार भनेको बालेन सरकार हो । उहाँ एक्लैले गएर मात्र गर्न सक्ने अवस्थापनि छैन । त्यसैले आगामी निर्वाचन मार्फत स्वतन्त्र पार्टीले बहुमत ल्याउँछ । एक ढिक्का भएर सत्ताको फोहोरी खेलभन्दा पनि जनतालाई डेलिभरी गर्ने काममा लाग्ने छौं ।’
नयाँ परिवर्तनको लागि भएपनि एक पटक रास्वपालाई विश्वास गर्न उनले आग्रह गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’