मुलुकको वैचारिक नेतृत्व गर्ने अवसर पाउनेमा विश्वस्त: अध्यक्ष लिङ्देन

२०८२ माघ ०६ मङ्गलवार
सारांश
  • मतदाताले उत्साहपूर्वक मतदान गरी आफूलाई विजयी गराउनेमा उनले पूर्ण विश्वास व्यक्त गरेका छन् ।

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनका लागि झापा ३ बाट आफ्नो उम्मेदवारी मनोनयन पत्र दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले आफूले शुभ साइत र समयमै मनोनयन सम्पन्न गरेको जानकारी दिए।

 

अध्यक्ष लिङ्देनले यसपटकको निर्वाचनमा आफूलाई मतदाताले केवल एक निर्वाचन क्षेत्रको सांसदका रूपमा मात्र नभई समग्र मुलुकको वैचारिक धारको नेतृत्व गर्ने नेताका रूपमा जिताउने विश्वास व्यक्त गरे।

 

"यस क्षेत्रका मतदाताले हामीलाई एक थान सांसद मात्र होइन, समग्र मुलुकको एउटा वैचारिक धारको नेतृत्व गर्ने अवसर फेरि पनि प्रदान गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं," उनले भने ।

 

आफू र आफ्नो पार्टी विभिन्न 'अग्नि परीक्षा'हरूमा जनताको नजरमा खरो साबित भइसकेको दाबी गर्दै उनले विगतका दिनहरूमा भन्दा यसपटक निर्वाचन परिणाम थप सहज हुने बताए। जनताले आफूलाई साझा उम्मेदवारका रूपमा स्वीकार गरिसकेकाले विजय सुनिश्चित रहेको लिङ्देनको भनाइ थियो ।

 

विगतको कार्यसम्पादन र जनतासँगको सामीप्यताका कारण यसपटक आम मतदाताले उत्साहपूर्वक मतदान गरी आफूलाई विजयी गराउनेमा उनले पूर्ण विश्वास व्यक्त गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार