काँग्रेस महामन्त्री पौडेलले गराए काठमाडौँ- ५ बाट मनोनयन दर्ता

२०८२ माघ ०६ मङ्गलवार
सारांश
  • गत निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका पौडेलले दोस्रो पटक यस क्षेत्रबाट मनोनयन दर्ता गरेका हुन् ।

काठमाडौँ: नेपाली काँग्रेसका महामन्त्री प्रदिप पौडेलले काठमाडौँ- ५ बाट मनोनयन दर्ता गरेका छन् ।

 

गत निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका पौडेलले दोस्रो पटक यस क्षेत्रबाट मनोनयन दर्ता गरेका हुन् । पौडेलले अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट एमाले नेता ईश्वर पोखरेललाई पराजित गरेका थिए ।  उनले पोखरेललाई ५ हजार ७९ मत अन्तरले पराजित गरेका थिए ।

 

यस पटक पनि एमालेबाट पोखरेल नै उम्मेदवार बनेका छन् । यस क्षेत्रमा रास्वपाले सस्मित पोखरेललाई उम्मेदवार बनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार