- मनोनयन दर्ताको क्रममा भएको झडपका बारेमा पत्रकारहरूद्वारा सोधिएको प्रश्नको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन्।
झापा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी मनोनयन दर्ताका क्रममा देखिएका झडप र विवादलाई ‘सरकार संरक्षित उत्ताउलोपन’ को संज्ञा दिएका छन्।
झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उमेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्।
उमेदवारी दर्ताको दिन देखिएको तनावपूर्ण माहोलले चुनावको शान्तिपूर्ण वातावरणमा खलल पुर्याउने भन्दै उनले चिन्ता व्यक्त गरे। "यो सरकार संरक्षित उताउलोपन हो, त्यस्तो नभए राम्रो हुन्थ्यो," ओलीले भने, "चुनाव शान्तिपूर्ण र स्वस्थ हुनुपर्दछ भन्ने हाम्रो मान्यता छ।"
आफू आठौँ पटक निर्वाचनमा होमिनुको कारणबारे स्पष्ट पार्दै अध्यक्ष ओलीले देशलाई सङ्कटबाट बचाउन अनुभवी नेतृत्व आवश्यक रहेको दाबी गरे। "अहिले देशमा आगो लगाउने र भ्रम फैलाउनेहरू सक्रिय छन्। नयाँ पिँढीमा भ्रम छर्न खोजिएको छ," उनले भने, "संविधान मिच्ने, सरकारी कार्यालय र व्यक्तिका घर जलाउनेहरूबाट देश जोगाउन अनुभवी र दृढ नेतृत्व चाहिन्छ, त्यसैका लागि मेरो उमेदवारी हो।"
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उमेदवारी दर्तामा देखिएको भिडबारे सोधिएको प्रश्नमा उनले आफूले त्यस्तो केही नहेरेको र कुनै चासो नदिएको बताए।
एमालेभित्र टिकट वितरणलाई लिएर देखिएको असन्तुष्टि र राजीनामाको लहरबारे सोधिएको प्रश्नमा ओलीले अनभिज्ञता प्रकट गरे। उनले पार्टीभित्र त्यस्तो कुनै पनि राजीनामाको लहर नचलेको दाबी गरे।
आफ्नो क्षेत्रमा को प्रतिस्पर्धी होला भन्ने प्रश्नमा ओलीले कानुनी रूपमा उमेदवारी दिएकाहरू प्रतिस्पर्धी भए पनि राजनीतिक रूपमा आफूले कसैलाई खास प्रतिस्पर्धी नदेखेको बताए। झापाका ५ वटै क्षेत्रमा एमाले विजयी हुने दाबी गर्दै उनले भने, "झापामा पाँचवटा क्षेत्र छन् र हामी ती पाँचै वटा जित्छौँ।"
उनले अघिल्लो निर्वाचनमा करिब २९ हजारको मतान्तरले विजयी भएको स्मरण गर्दै यसपटक त्योभन्दा पनि ठुलो अन्तरले चुनाव जित्ने दाबी गरे। "अघिल्लो पटक गठबन्धन हुँदा त हामीले डबलभन्दा बढी मतले जितेका थियौँ, यसपल्ट मतान्तर अझै फराकिलो हुनेछ," उनले विश्वास व्यक्त गरे।
धाँधलीरहित चुनाव हुनेमा भने उनले केही संशय व्यक्त गरे। धाँधली रोक्नु चुनौतीपूर्ण भए पनि एमाले स्वच्छ र निष्पक्ष निर्वाचनको पक्षमा रहेको उनले बताए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।