- संसद सचिवालयका अनुसार नेकपाका नेता नारायणकाजी श्रेष्ठ, राष्ट्रपतिबाट मनोनित सांसद वामदेव गौतम र एमालेकी नेतृ भगवती न्यौपानेले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष आइतबार आज राजिनामा दिएका हुन् ।
काठमाडौं : राष्ट्रिय सभाका तीन सदस्यले राजीनामा दिएका छन् ।
संसद सचिवालयका अनुसार नेकपाका नेता नारायणकाजी श्रेष्ठ, राष्ट्रपतिबाट मनोनित सांसद वामदेव गौतम र एमालेकी नेतृ भगवती न्यौपानेले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसमक्ष आइतबार आज राजिनामा दिएका हुन् ।
उनीहरुले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न राष्ट्रिय सभा छोडेका हुन् । तिनै जनाको कार्यकाल आगामी फागुन २० गते सकिदैछ ।
नेकपाका नेता श्रेष्ठ सर्लाही ३ मा उम्मेदवार बन्ने तयारी गरेका छन् भने नेकपाकै अर्का नेता बामदेव गौतम बर्दिया-१ बाट उम्मेदवार बन्दैछन् । त्यस्तै नेकपा एमालेकी नेतृ न्यौपाने तनहुँ- १ बाट उम्मेदवार बनेकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’