पार्टीलाई अतिवादले गाँजेको छ, म सत्यको बाटोमा छु : डा. शेखर कोइराला
२०८२ माघ ०४ आइतवार
- उनले भने, ‘मध्यमार्ग र सत्यको बाटो गारो र अप्ठ्यारो हुन्छ तर जीत उसैको हुन्छ । म सत्यको बाटो हिडिरहेको छु । यसबाट विचलित हुन्न ।’
काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू मध्यमार्गी भएकाले पार्टीभित्र दबाब झेलिरहेको बताएका छन् ।
आइतबार काठमाडौमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै आफू कुनैपनि अतिवादको घेरामा नपरी मध्यममार्गी बाटोबाट बिचलित नहुने बताएका हुन् ।
उनले भने, ‘मध्यमार्ग र सत्यको बाटो गारो र अप्ठ्यारो हुन्छ तर जीत उसैको हुन्छ । म सत्यको बाटो हिडिरहेको छु । यसबाट विचलित हुन्न ।’
पार्टीको कठिन अवस्थामा डा.कोइरालाले मध्यमार्गी भूमिका निर्वाह गरि पार्टीलाई संकटबाट जोगाउनुपर्नेमा जोड दिए ।
छलफलमा बोल्ने नेताहरूले पार्टीको १५औं महाधिवेशन अन्यौलता रहेको र त्यसको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका थिए । साथै तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नभएको धारणा राखेका थिए ।
यही फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने समेत बताएका छ्न । कोइरालाले देश र लोकतन्त्र संकटमा रहेकाले निर्वाचनमा जानुको बिकल्प नरहेको जानकारी दिए । उनले नेता कार्यकर्तालाई पनि सहभागी हुन आह्वान गरे ।
डा.कोइरालाले निर्वाचन सहजता लागि माघ ६ गतेको मनोनयनको मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरेको जानकारी दिए । साथै, सरकारले निर्वाचनको वातावरण बनाएर सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा हालसम्म त्यसको प्रत्याभूती नभएको बताए ।
पार्टीमा देखिएको विवादको विषय अदालत प्रवेश गरिसकेकोले आफूलाई अदालतको निर्णय मान्य हुने समेत बताए । नेता तथा कार्यकर्तालाइ निर्वाचनसँगै १५औं महाधिवेशनको तयारी गर्न र तयारीमा लाग्न निर्देशन समेत दिएका थिए । उक्त कार्यक्रममा सुझाव दिने क्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरुले निर्वाचन आयोगले अन्याय गरे पनि अदालतले न्याय गर्नेमा विश्वास रहेको जनाए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।