- कोइराला पक्ष आज देउवा पक्षसँग सर्वोच्च अदालत समेत नगएपछि अब गगन थापा पक्षसँगै सहकार्य गरेर निर्वाचनमा जाने संकेत गरेका छन् ।
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेला काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमामा सुरू भएको छ ।
केहीबेरअघि सुरु भएको भेलामा गगन थापा नेतृत्वको नेपाली काँग्रेसले आधिकारिकता पाएपछि आफ्नो पक्षको रणनीति तय गर्न भेला बसिरहेको हो ।
कोइराला पक्ष आज देउवा पक्षसँग सर्वोच्च अदालत समेत नगएपछि अब गगन थापा पक्षसँगै सहकार्य गरेर निर्वाचनमा जाने संकेत गरेका छन् ।
कोइराला पक्षका धेरै नेताहरु काँग्रेसको झण्डा र चुनाव चिन्ह रुख हुने ठाउमै जानुपर्ने पक्षमा रहेका छन् र कैयौं जिल्ला र केन्द्र स्तरका नेताहरु गगन पक्षमा खुलिसकेका छन् ।
फागुन २१ को चुनावका लागि माघ ६ गते उम्मेदवारी दर्ताको तालिका रहेकाले कोइराला पक्षले आज निर्णय गरेर अगाडी बढ्ने बताइएको छ । अर्कोतर्फ शेरबहादुर पक्षले भने आजै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ, जसको पेसी मंगलबारका लागि तोकिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।