एमालेको प्रधानमन्त्रीको उम्मेदवार अध्यक्ष ओली

२०८२ माघ ०४ आइतवार
सारांश
  • एमाले सचिव महेश बस्नेतका अनुसार शनिबार बसेको सचिवालय बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने निर्णय गरेको हो ।

काठमाडौँ : नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय गरेको छ । 

 

एमाले सचिव महेश बस्नेतका अनुसार शनिबार बसेको सचिवालय बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने निर्णय गरेको हो ।

 

अध्यक्ष ओली झापा-५ बाट चुनाव लड्ने भएका छन् । उनको यो आफ्नै क्षेत्र हो । पछिल्लो निर्वाचनमा उनले यस क्षेत्रबाट २८ हजार ५७६ मत अन्तरले जित हासिल गरेका थिए । 

 

अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ भने नेपाली काँग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार