विश्वप्रकाश चुनाव नलड्ने भएपछि झापा-१ बाट पाँच उम्मेदार सिफारिस

२०८२ माघ ०३ शनिवार
सारांश
  • काँग्रेसको झापा-१ क्षेत्रीय समितिले पाँच जनाको नाम सिफारिस गरेको हो ।

दमक: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा आसन्न प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि नयाँ उम्मेदवार सिफारिस गरिएको छ ।

 

काँग्रेसको झापा-१ क्षेत्रीय समितिले पाँच जनाको नाम सिफारिस गरेको हो । क्षेत्रीय समितिले अखिल नेपाल फूटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ, अधिवक्ता अशोककुमार पोखरेल, बिना तामाङ, गौतम मजुमदार र सुवेशकुमार पनेरूलाई सिफारिस गरेको छ ।

 

उपसभापति शर्माले २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट चुनाव जितेका थिए । यसअघि क्षेत्रीय समितिले शर्मालाई एकल नाम सिफारिस गरेपनि उनले यस पटकको निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार