म कुनै पार्टीमा जान्न, धनगढीबासीले दिएको जिम्मेवारी पुरा गर्छु- गोपाल हमाल
२०८२ माघ ०३ शनिवार
- सामाजिक सञ्जाल र मिडियामा हमाल रास्वपा जाने हल्ला चलेपछि उनले पाँच वर्षसम्म धनगढीको जनताको सेवा गर्ने स्पष्ट गर्दै कुनै पार्टीमा नजाने बताएका हुन् ।
धनगढी : धनगढीका स्वतन्त्र मेयर गोपाल हमालले कुनै पनि पार्टीमा आबद्ध नहुने बताएका छन् ।
सामाजिक सञ्जाल र मिडियामा हमाल रास्वपा जाने हल्ला चलेपछि उनले पाँच वर्षसम्म धनगढीको जनताको सेवा गर्ने स्पष्ट गर्दै कुनै पार्टीमा नजाने बताएका हुन् ।
उनले भनेका छन्- 'मैलै कुनै पनि पार्टी प्रवेश गर्ने योजना बनाएको छैन । मलाई धनगढीका मतदाताले पाँच वर्षका लागि स्वतन्त्र मेयरका रुपमा निर्वाचित गराएका हुन् । म धनगढीबासीले दिएको जिम्मेवारी र विश्वासलाई इमानदार भएर पूरा गर्ने प्रयासमा छु । पाँच वर्ष पूरा नहुँदासम्म म कुनै पनि राजनीतिक दलमा लाग्ने छैन ।'
उनले निराधार समाचारमा विश्वास नगर्न अनुरोध गर्दै भनेका छन्- 'मलाई जनताले स्वतन्त्र मेयर भनेर जिताएका हुन् । म जनाताको म्याण्डेडअनुसार २०८४ को स्थानीय चुनावसम्म स्वतन्त्र नै रहेर काम गर्छु । अहिले कुनै पनि पार्टी प्रवेश गर्ने योजना छैन । हल्ला र सामाजिक सञ्जालका पछि नलाग्न सबैमा मेरो अनुरोध छ ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
-
बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
-
श्रम संस्कृतिमा नयाँ विवाद, किराँती समुहलाई केन्द्रीय कमिटी बैठकमा बोलाइएन
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।