पत्रकारहरुले पनि देश चलाउन सक्छन भन्ने मान्यता स्थापित भएको छ : मन्त्री खरेल
२०८२ माघ ०३ शनिवार
- राजनीतिकर्मीले मात्र गर्न सक्छन भन्ने पुरातन मूल्य र मान्यताहरु तोडिदै गएको भन्दै पत्रकारहरुले पनि देश चलाउन सक्ने मान्यताहरु स्थापित भएको बताए ।
काठमाडौं: सञ्चार सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले सञ्चारकर्मीले आवश्यक पर्योभने मन्त्रालय, वडा, पालिका र प्रदेश सबै चलाउन सक्ने मान्यताहरु स्थापित हुँदै गएको बताएका छन् ।
शनिबार नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटनमा उनले राज्य सञ्चालन भनेको सँधै राजनीतिकर्मीले मात्र गर्न सक्छन भन्ने पुरातन मूल्य र मान्यताहरु तोडिदै गएको भन्दै पत्रकारहरुले पनि देश चलाउन सक्ने मान्यताहरु स्थापित भएको बताए ।
उनले भने, ‘राज्य सञ्चालन सँधै राजनीतिकर्मीले मात्र सक्छन्, जसले राजनीतिलाई नै मूल पेशा बनाएका छन् उनीहरुले मात्र गर्न सक्छन्, उनीहरुले मात्र गर्नुपर्छ र उनीहरु मात्रै राज्य सञ्चालनको लागि बनेको हो भन्ने केही पुरातन मूल्य र मान्यताहरु अब तोडिदै गएका छन् । एउटा पत्रकार, सञ्चारकर्मीलाई समाचार लेख्न मात्रै होइन आवश्यक परेमा पत्रकारले देश चलाउन सक्छन् । मन्त्रालय, वडा, पालिका र प्रदेश चलाउन सक्छन भन्ने मान्यताहरु स्थापित हुदैँ गएका छन् ।’
सञ्चारकर्मीलाई देशको बारेमा थाहा नभएको केही कुरा नभएको पनि उनको भनाई छ ।
यस्तै, उनले एउटा पत्रकारलाई मन्त्री बनाएर पत्रकारिताकै बद्नाम भयो भन्ने अवस्था सिर्जना नगरेको भन्दै इमान, प्रतिष्ठा र आत्मसम्मानप्रति दखल पार्नु हुँदैन् भन्ने कुरामा सँधै सचेत रहेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।