कपिलवस्तु काँग्रेस नेता कनौडिया एमालेमा प्रवेश

२०८२ माघ ०३ शनिवार
सारांश
  • कनौडिया लुम्बिनी प्रदेशसभामा कांग्रेसका पूर्वसांसद हुन् । अघिल्लो संसदमा उनी प्रदेश संसदीय दल नेता समेत रहेका थिए ।

काठमाडौँ: कपिलवस्तु काँग्रेसका नेता तथा पूर्वमन्त्री वीरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश गरेका छन् ।

 

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका नेताले कनौडियालाई पार्टीमा स्वागत गरेका हुन् । उनलाई कपिलवस्तु-३ बाट आगामी प्रतिनिधि सभामा एमालेबाट उम्मेदवार बन्ने गरी अध्यक्ष ओलीले टिकट प्रदान गरेका छन् ।

 

कनौडिया लुम्बिनी प्रदेशसभामा कांग्रेसका पूर्वसांसद हुन् । अघिल्लो संसदमा उनी प्रदेश संसदीय दल नेता समेत रहेका थिए ।

 

२०७४ मा उनी कपिलवस्तु-३ को प्रदेशसभा (ख) बाट विजयी भएका थिए भने २०७९ मा उनी सोहि क्षेत्रबाट पराजित भएका थिए । उनी चिनी मिल र नेपालगन्ज मेडिकल कलेजका सञ्चालक हुन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार