शेरबहादुर देउवाबाट अभिभावक र संरक्षकको भूमिकाको अपेक्षा छ : सभापति थापा
२०८२ माघ ०३ शनिवार
- त्यस्तै उनले एक दुई दिनमा कांग्रेस एक ढिक्का भएर छलफल गरिरहेको निर्णय गरेको देख्न सकिने विश्वास दिलाए ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको सबै कार्यकर्तालाई एक ठाउँमा ल्याउन सहयोग गरेर अभिभावकको भूमिका निर्वाह गर्न शेर बहादुर देउवालाई आग्रह गरेका छन् ।
शनिबार केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देउवाले अविभावकको भूमिका निार्वाह गरेर सबैलाई एक ठाउँमा आउन आग्रह गर्नुपर्ने धारणा राखे ।
उनले भने,‘हामीसँग थोरै समय छ, म पार्टीको निवर्तमान सभापति शेरबहादुर देउवालाई आग्रह गर्न चाहन्छु अविभावक र संरक्षकको भूमिका निर्वाह गरिदिनुहोला । हामी सबै एक ठाउँमा आउनुपर्छ ।’
त्यस्तै उनले एक दुई दिनमा कांग्रेस एक ढिक्का भएर छलफल गरिरहेको निर्णय गरेको देख्न सकिने विश्वास दिलाए ।
‘एक दुई दिनमा कांग्रेस एक ढिक्का भएर छलफल गरिरहेको निर्णय गरेको देख्न सक्नुहुनेछ । पार्टीलाई एक ढिक्का भएर अगाडि बढ्ने छौं’ उनले भने ।
त्यस्तै उनले उपसभापति विश्वप्रकाश शर्माले पनि देउवा पक्षले निर्वाचन आयोगले गरेको निर्णय आत्मसात गर्ने विश्वास व्यक्त गरे । उनले नवीन कांग्रेससँगै नवीन समाज निर्माणको बाटोमा अघि बढ्ने बताए ।
‘हामी एकताबद्ध भएर निार्वचनमा अगाडि बढ्छौं । निर्वाचन तर्फबाट मात्र होइन् नविन कांग्रेसमार्फत नविन समाज बनाउन अगाडि बढ्छौं’ उनले भने ।
देउवासँग संवाद वा आशीर्वाद लिनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘हामी सबैको आशीर्वाद चाहन्छौँ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’