- निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिएपछि शनिबार बसेको केन्द्रीय समिति बैठकले पार्टी एकता कायम राख्न अपिल गरेको हो ।
काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टी एकता कायम राख्न अपिल गरेको छ ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिएपछि शनिबार बसेको केन्द्रीय समिति बैठकले पार्टी एकता कायम राख्न अपिल गरेको हो ।
प्रवक्ता देवराज चालिसेले पार्टीका एकता र सद्भावलाई कायम राख्दै उचाइमा पुर्याउन हार्दिक अपिल गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
पार्टीले निवर्तमान केन्द्रीय सदस्यहरूलाई पनि कांग्रेसलाई बलियो बनाउने भूमिकामा खेल्न आग्रह गरेको चालिसेले जानकारी दिए ।
साथै बैठकले निवर्तमान सभापति शेरबहादुर देउवालाई अभिभावकीय भूमिका रहन आग्रह समेत गरेको छ । सभापति देउवाले पार्टीलाई लामो समयसम्म दिएको योगदान र नेतृत्वलाई पनि पार्टीले उच्च मूल्यांकन गरेको प्रवक्ता चालिसेले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’