अप्राकृतिक र सत्ताकेन्द्रीत चुनावी गठबन्धन नगर्ने कांग्रेसको निर्णय
२०८२ माघ ०३ शनिवार
- शनिबार बसेको केन्द्रीय समिति बैठकले कुनै पनि किसिमको चुनावी गठबन्धन नगर्ने र सँधै मूल्य र सिदान्तमा अडिक रहने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
काठमाडौं: नेपाली कांग्रेसले कुनै पनि किसिमको अप्राकृतिक र सत्ताकेन्द्रीत गठबन्धन नगर्ने निर्णय गरेको छ ।
शनिबार बसेको केन्द्रीय समिति बैठकले कुनै पनि किसिमको चुनावी गठबन्धन नगर्ने र सँधै मूल्य र सिदान्तमा अडिक रहने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
उनले भने,‘कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रीत गठबन्धन हामी गर्नेवाला छैनौं भन्ने प्रतिबद्धता फेरी पनि हामीले गरेका छौं । हामी सँधै मूल्य र सिदान्तमा अडिक रहने छौं । संविधानको रक्षा गर्दै,नव युवाको आंक्षाको प्रतिनिधित्व गर्दै जनताको अपेक्षा पूरा गर्ने दृढता व्यक्त गर्ने निर्णय गरेका छौं ।’
उनले एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुराउन देशभरका नेता कार्यकर्तालाई अपिल गर्ने निर्णय भएको पनि जानकारी दिए । उनको अनुसार बैठकले देश र विदेशमा रहेका सबै कांग्रेसजनहरुलाई फागुन २१ गतेको निर्वाचनमा सरिक हुन र सक्रियतापूर्वक लाग्न आव्हान गरेको छ ।
निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीलाई पुराएको योगदान उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय समेत गरेको उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।