कांग्रेसको विशेष महाधिवेशन विद्रोहको चेत हो, अन्य दलहरुले पनि सिक्नुपर्छ :नेता शिवाकोटी
२०८२ माघ ०३ शनिवार
- शनिबार काठमाडौंको अनामनगरमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, हिमालय कर्मचार्य र नगेन्द्र कुमाललाई बधाई दिंदै सम्मान गरेको हो ।
काठमाडौं: नेपाली कांग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ संघले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुलाई सम्मान गरेको छ ।
शनिबार काठमाडौंको अनामनगरमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, हिमालय कर्मचार्य र नगेन्द्र कुमाललाई बधाई दिंदै सम्मान गरेको हो ।
सो अवसरमा बोल्दै केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनका माध्यमबाट गरिएको विद्रोहको चेतले अन्य दलहरुलाई पनि पाठ सिकाएको दाबी गरे ।
उनले लोकतान्त्रिक दलभित्र खुम्चिएर र पिल्सिएर बस्नुपर्दा देशभरका केन्द्रीय प्रतिनिधि र कार्यकर्ताहरुले विशेष महाधिवेशनमार्फत नेपालको राजनीतिक इतिहासमै प्रभावशाली एवम नौलो सन्देश प्रवाह गरेको बताए ।
उनले भने,‘यो वैधानिक विद्रोह हो, कांग्रेसलाई रुपान्तरित र पुस्तान्तरण गर्ने प्रभावशाली आधार हो । अब देशभर नेपाली कांग्रेसभित्र ठूलो रुपान्तरण आउने निश्चित छ ।’ पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरीले विशेष महाधिवेशनको महत्व र पावर गाउँ गाउँसम्म र अन्य दलहरुमा पनि संचारित गर्नुपर्ने औंल्याए ।
राष्ट्रिय लोकतान्त्रिक अपाङ संघका अध्यक्ष माधव चौलागाईंले विशेष महाधिवेशनको एजेन्डा सुरुमा आफूहरुले उठाएको दावी गर्दै पार्टीमा अब समावेशीकरणको मुद्दा सशंक्त बनाएर अघि बढ्ने बताए । त्यस्तै कांग्रेस नेता भेषराज आचार्यले इलाम जिल्लामा कांग्रेसभित्र रुपान्तरित अभियान लिएर जानलाई विशेष महाधिवेशनले सहज बनाइदिएको बताए ।
कार्यक्रममा नव निर्वाचित केन्द्रीय सदस्य हिमालय कर्मचार्य, नगेन्द्र कुमाल, राष्ट्रिय लोकतान्त्रिक अपाङ संघका महामन्त्री गणेश केसी, कांग्रेस इलामका सभापति डम्बर खड्कालागयतले आफ्नो धारणा राखेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
-
विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’