निर्वाचन आयोगलाई विश्वप्रकाश शर्माले भने- धम्कीको प्रभावमा आयोग नपरोस्
२०८२ माघ ०२ शुक्रवार
- उनले विशेष महाधिवेशन विधानको कार्यान्वयन गर्न आयोजना गरिएको र महाधिवेशन सबैभन्दा शक्तिशाली निकाय भएको आयोगमा बताएका छन् ।
काठमाडौँ: गगन थापा नेतृत्वको नेपाली कांग्रेसले निर्वाचन आयोग धम्कीको प्रभावमा नपर्न आग्रह गरेको छ ।
उपसभापति विश्वप्रकाश शर्माले काँग्रेसका देउवा पक्षका कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले पत्रकार सम्मेलन गरेर आयोगले अन्यथा निर्णय गरे देशभर आन्दोलन गर्ने चेतावनी दिएकोप्रति संकेत गर्दै आयोग धम्कीबाट प्रभावित नहुने विश्वास व्यक्त गरेका हुन् ।
उनले विशेष महाधिवेशन विधानको कार्यान्वयन गर्न आयोजना गरिएको र महाधिवेशन सबैभन्दा शक्तिशाली निकाय भएको आयोगमा बताएका छन् ।
त्यस्तै अर्की उपसभापति पुष्पा भुसालले विधानको कार्यान्वयन गर्दै विशेष महाधिवेशन गरिएको भन्दै यसलाई विवादको विषय बनाउन नहुने स्पष्ट गरेकी थिइन् । उनले आयोगले छिटो निर्णय दिने विश्वास आफुहरुले गरेको बताएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’