पूर्णबहादुर खड्काको प्रतिक्रिया- आयोगले षड्यन्त्रपूर्ण निर्णय गर्यो, हामी मान्दैनौं

२०८२ माघ ०२ शुक्रवार
सारांश
  • दल सम्बन्धि ऐन र विधान विपरित आयोगको निर्णय गाएको भन्दै आयोगले षड्यन्त्रपूर्ण निर्णय गरेको आरोप लगाएका छन् ।

काठमाडौँ: पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णय नमान्ने बताएका छन् ।

 

काँग्रेसको आधिकारिकता गगन थापा नेतृत्वको नेपाली काँग्रेसले पाएपछि खड्काले प्रतिक्रिया दिदै संबिधान, दल सम्बन्धि ऐन र विधान विपरित आयोगको निर्णय गाएको भन्दै आयोगले षड्यन्त्रपूर्ण निर्णय गरेको आरोप लगाएका छन् ।

 

उनले भने- 'हामी वैधानिक र राजनीतिक लडाई लड्छौं । यो निर्णय धेरै अगाडी सेटिंग भएको भन्ने कुरा आएको थियो र अहिले सोहि अनुसार आएको छ । आयोगले आधिकारीक र कानुनी रुपमा एक पटक नबोलाएर निर्णय गरेको छ । प्रक्रिया र कानुनी रुपमा यो अवैधानिक छ । हामी यसलाई खारेज गर्छौं ।'

 

उनले आफुहरुको आशंका अनुसार नै षड्यन्त्रपुर्वक निर्णय आएको बताए । खड्काले यो निर्णय अमान्य भएको बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार